कलंकीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

कलंकीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १।

कलंकीमा मंगलबार साँझ बसको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक धादिङको खरी –२ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाह रहेका छन् ।

साँझ पौने ५ बजे कलंकीबाट बल्खु तर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको हो ।

तपाइँको प्रतिक्रिया ।