बुढानिलकण्ठ -११ कपनबाट नक्कली नोट छाप्ने एक जना पक्राउ

बुढानिलकण्ठ -११ कपनबाट नक्कली नोट छाप्ने एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १ ।

काठमाण्डौ बुढानीलकण्ठ नगरपालिका वडा नं  ११ कपन गुम्बा मुनिबाट १ सय, ५सय र १ हजार दरका नेपाली रुपैयाका नक्कली नोट र सो बनाउन प्रयोग गरिएको मेसीन सहित व्यक्ति पक्राउ परेका छन।
महानगरीय प्रहरीकार्यालय बौद्धले सिन्धुपालचोक जिल्ला इन्द्रावती गाउपालिका माथिल्लो गथे स्थाई घर भएका अन्दाजी २६ वर्षका संजोग थापामगर, उनकी हजुर आमा र नातिनिलाई कपन राममन्दिर बाट  पक्राउ गरेको हो ।
उनीहरुले कपनमा डेरालिएर एचपीको कलर प्रिन्टरप्रयोग गरेर पैसा छापेर   हजुर आमा र नातिनिलाई बजारमा पठाई नक्कली नोट साटने गरेका थिए।
प्रहरीले उनीहरुलाई प्रमाण सहित पक्राउ गरेर थप कारवाही अगाडी बढाएको वडा नं ११ का सदस्य बिनोद तामाङ्गले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।