ओखलढुंगामा जिप दुर्घटना अपडेट : ३ को मृत्यु,१३ घाइते,४ गम्भीर

ओखलढुंगामा जिप दुर्घटना अपडेट : ३ को मृत्यु,१३ घाइते,४ गम्भीर

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २९।

ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७:३० बजेतिर जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा १३ जना घाइते छन्।

‘घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।  प्रदेश ३-१०२२-च९६९४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ। मृतकहरूको खनाखत भइसकेको छैन।

तपाइँको प्रतिक्रिया ।