बाढीपीडितको सहयोगार्थ फुटबल हुने

बाढीपीडितको सहयोगार्थ फुटबल हुने

कपन अनलाइन
काठमाडौं भदौ ३१।
बागमती प्रदेश का स्वास्थ्य तथा सामाजिक विकास  मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्, हेटौंडाको आयोजनामा स्वास्थ्य तथा सामाजिक  विकास मन्त्री माननीय  गिरबहादुर तामाङ ( ज्ञानुजंग लामा ) र नेपालका ३ विभागिय टिमसहित ए लेभलका फुटबल  टिमका प्रमुख तथा प्रतिनिधिबिच हालै  भोटेकोसीमा आएको नरसंहार  रुपि बाढीका कारण घरवार तथा परिवार बिहिन अहसाय बालबालिका र वृद्ध नागरिकहरु लाई पुनःस्थापन गर्नका लागि  राष्ट्रियस्तरको खेल आयोजना  गर्ने सम्बन्धमा अन्तरक्रिया एंव छलफल सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा सम्पन्न उक्त अन्तरक्रिया  कार्यक्रममा आगामी दिन मा रसुवा, नुवाकोटलगायत क्षेत्रमा भएको बिपत्तिमा खेलका माध्यमबाट पीडित नागरिकलाई राहत पु¥याउने विषयमा सकारात्मक  छलफल भएको प्रदेश खेलकुद विकास परिषद्, हेटौंडाका सदस्य–सचिव दीपक लामाले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।