नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘ख’ का उम्मेदवारहरुको घोषणा

कपन अनलाइन

काठमाडौं कात्तिक २९। नेपाली काँग्रेस काठमाडौँ क्षेत्र न ३ प्रदेश ‘ख’ को अधिबेशनका लागि उम्मेदवारहरुको घोषणा भएका छन्  |  शनिबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं १   गागलफेदीमा नेपाली काँग्रेस काठमाडौँ क्षेत्र न ३ प्रदेश ‘ख’ को अधिबेशनका लागि उम्मेदवारहरुको घोषणा भएको हो  ।जसमा हाल प्रदेश ‘ख’ का  संयोजक समेत रहेका   श्रीकृष्ण थापा प्रदेश सभापतिमा उम्मेदवार दिने भएका छन भने गोकर्णेश्वर नगरपालिका वडा नं ७ का पूर्व इकाई सभापति   श्याम रायमाझी र  गोकर्णेश्वर ४ का   विकेश श्रेष्ठ प्रदेश उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरिएको थियो।

त्यसैगरि   , साबिक बालुकाका पूर्व इकाई सभापति मुरारी भण्डारी प्रदेश सचिबमा उम्मेदवारी दिने घोषणा गरिएको थियो   |बाँकी  अन्य उम्मेदवार पार्टीका साथीहरु संग छलफल गरेर दलित, जनजाति, महिला, मधेशी, सबै वर्ग मिलाएर नाम ल्याउने काठमाडौँ  जिल्ला कोषाध्यक्ष गोबिन्द पुडाशैनीले जानकारी गराए | कार्यक्रममा क्षत्रीय सभापति सन्तोष चालिसे, क्षत्रीय सचिब शान्ती नेपाल,  महाधिबेशन  प्रतिनिधि दिपक रिसाल, इकाई सभापतिहरु  लगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो |

तपाइँको प्रतिक्रिया ।