नेसनल प्यावसन गोकर्णेश्वरको अध्यक्षमा निराजन आचार्य, को को छन कार्यसमितिमा ?

नेसनल प्यावसन गोकर्णेश्वरको अध्यक्षमा निराजन आचार्य, को को छन कार्यसमितिमा ?

कपन अनलाइन
काठमाडौं, असोज १ ।

नेसनल प्याबसन गोकर्णेश्वर नगरको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले निराजन आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा हरि लामा, सचिवमा झलकमान तामाङ र कोषाध्यक्षमा सिता पाण्डे चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विश्वास अर्याल, बिक्रम पौडेल, जनक खनाल, रविन श्रेष्ठ र गौरब प्रसाद बडाल चयन भएका छन्।

सो अधिवेशनमा सहभागी सरोकारवालाहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै   नयाँ नेतृत्वले विद्यालय तथा शिक्षा क्षेत्रका साझा समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्दै समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

तपाइँको प्रतिक्रिया ।