ओखलढुंगा दुर्घटना अपडेट : तिन मृतक सिद्धिचरण-१० बेतिनी रुप्सेका

कपन अनलाइन

ओखलढुंगा  ,कार्तिक २९।

ओखलढुंगामा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा ज्यान गएको छ । सोमबार बिहानै चम्पादेवी ककनी दर्शन गर्दै एकादशी मेला भर्न जाने भक्तजन बोकेको प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका ९ को सिकारीडाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

मृत्युहुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेकी ३५ बर्षिया मिठुमाया मगर, सोही ठाउँकी अन्दाजी १७ बर्षिया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए । थप एक जनाको उपचारको क्रममा ज्यान गएको भनिए पनि उसको मृत्युको पुष्टि हुन र पहिचान खुल्नबाँकी रहेको प्रहरी प्रमुख काफ्लेको भनाई छ ।

तपाइँको प्रतिक्रिया ।