गजल : उषा के.सी.

गजल : उषा के.सी.

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २०।

बित्दैछ रात सधैँ भिज्दैछ सिरानी
लेखेर नसकिने भयो अब कहानी

मध्ये रातमा आउँछौ प्याला पिएर
प्यालासँगै पिउँदैछौं सधैं मेरो जवानी

सुगा झै सधैं कैदी बनाएर राख्छौ
खुशी हुनै पाइन मैले कुनै बिहानी

निष्ठुरी भै छोडेर जान सक्दिन कहिले
मनमुटु भित्र राखेकोछु तिम्रो निशानी

हुरी आधी थेग्दै कैयौ वसन्त बिताए
अझै कति थेग्नु पर्छ असिना पानी

अकेली थिए साथ दिँदै हात समायौ
जाऊ कता थाहा छैन देशकै राजधानी

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।