केही साइनोहरु : छायाँदत्त न्यौपाने (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २०।
साँढेका तिखा सिङ
दृष्टिहीन हाम्रो मान्छे
होक्काँ गर्छ भैया गोठालो ?
सञ्जाल बन्यो साथी
होडबाजीको अभ्यास
सिर्जनाका अनेक थुँगा ?
खान्छ कर्मै नगरी
महान् लठैतको भीड
बेच्छ पद–पैसामा स्वत्व ?
भोर भो छैन पत्तो
युवाले हो बेथा पाल्ने ?
नब्युँझे चिसिन्छ फलाम !
कहाँ छ कुचीकार ?
ठुलो भो मै–मत्त भीड
उत्तिकै फोहोरमा झिँगा ?
पैंँचो लिएको सास
पैंँचोमै रमायौ तिमी
बाँच लौ बाँच पैंँचै बाँच !
घर हाम्रो नेपाल
हिमाल पहाड खम्बा
लामो छ आँगन तराई !
म आधुनिक मान्छे
देखासिकी बाँच्ने शैली
भिन्न छ बोली व्यवहार ?
भुत्ते यो जागरण
खै गतिशील योजना ?
आवश्यक छ तिखो धार ?
भोगटे बाँड्छ सत्ता
भाग तान्ने कार्यकर्ता
बाढी–कोरोनामा जनता !
म सम्पन्न नेपाली
उर्वर दरिद्र मन
सस्तो छ नैतिक इमान !
मनभरि रहर
संसार हँसाइदिने
भोकै मर्न दिँदै नदिने !
जख्मी बनाए देश
स्वत्व बेचे खाए शेष
उजाड देश भाषा–भेस ?
फरक छ रहर
छैन बर्ता माग केही
जीवन बनोस् जीजनजस्तै !
मन खोज्छ सौन्दर्य
विवेक खोज्छ इमान
यी दवै नास्छ बेइमान !
विक्षिप्त यो पामर
सुन्दैन खै जनावाज
देश दुखाई खान्छ भोज !
बन्द बुद्धिको बिर्को
डाँडापरि नैतिकता
बागडोर मुर्कट्टा खेल ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक