समीक्षा : निर्मलरमण पराजुली (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २०।

कविगोष्ठी
समीक्षक महोदय !
वाचित रचनाको
समीक्षा गर्दै हुनु हुन्थ्यो
फलानोले
फलानो नाउँ गरेको कविता
वाचन गर्नुभयो
कविता राम्रो थियो
फलानोले गजल वाचन गर्नुभयो
स्वर मिठो थियो
फलानोले
मुक्तक वाचन गर्नुभयो
खाए
लाए
पाए काफिया थिए
के यो हो समीक्षा ?
अब यहाँ
एउटा प्रश्न उठ्छ
समीक्षा के लाई भनिन्छ ?
के को समीक्षा गरिन्छ ?
कविको ?
कविताको नाउँको ?
गजलकारको
स्वर को ?
या मुक्तककारको
अनुप्रास को ?
या
विधा
उप विधाको संरचनाको ?
भाव
या सन्देशको ?
के को ?
कविको मनको
समीक्षा हुन सक्छ ?
जुन परिवेशमा
रचना सिर्जित भएको छ
त्यो परिवेशको
विषयवस्तुको
अन्तर गहिराइको
भावगत फैलावट
विषयिक उचाइ
चौडाइ
लमाइ
गहिराइमा डुबेर
चौपक्षको
साङ्केतिक
चिरफार भए
वा
प्रशँसात्मक
चाकरी बजाईए ?
मर्मबोध नहुने भए
समीक्षक महाशय!
तपाईं आफ्नो पगरी
डस्मिनको
त्यस किनारामा राख्नोस
जहाँबाट
कोही
कसैले
कुनै पनि बेला
फेरि सुन्न नपरोस
नामको
स्वरको
रूपको
लिङ्गको
आकारबाट
यस्ता समीक्षाहरू …!

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।