बिप्लब समर्थकहरुले खोले: कैलाली—काठमाण्डौ जनगणतान्त्रिक मञ्च

काठमाण्डौ, ५ चैत्र । नेत्रबिक्रम चन्द बिप्लब नेतृत्वको नेकपा माओवादी निकट पक्षले हिजो काठमाण्डौमा कैलाली—काठमाण्डौ जनगणतान्त्रिक मञ्च गठन गरेको छ । काठमाण्डौको बाग बजारमा एक कार्यक्रमको आयोजना गरि यमलाल लामिछानेको अध्यक्षता १३ सदस्यीय मञ्च गठन गरिएको हो ।

मञ्चको उपाध्यक्षमा लिला चन्द शर्मा, सचिवमा किरण आचार्य, सहसचिवमा मेघराज जोशि, कोषाध्यक्षमा रेखा शाही चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा जनक संज्याल, जिवन आचार्य, दिनेश खडका लगायत रहनुभएको छ । मञ्चका केन्द्रिय अध्यक्ष राजु कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यहि चैत्र ८ गते हुने मञ्चको बृहत भेला सम्मन्न गर्नका लागी बिभिन्न जिल्लामा मञ्च गठन गरिएको जनाईएको छ ।

 

तपाइँको प्रतिक्रिया ।