युवा संघका सचिव चन्द माथि सांघातिक आक्रमण
कपन अनलाइन चैत्र -६ /नेकपा एमालेको भात्री संगठन युवा संघ नेपालका सचिव अशोक चन्द माथि सांघातिक आक्रमण भएको छ । चन्दलाई विहिबार राती करिब ९ बजे , काठमाडौंको मिन भवन नजिकै हिडीरहेको बेला मास्क लगाएरआएका ६ जनाको समुहले आक्रमण गरि घाईते बनाएको हो ।
सचिव चन्दको अहिले मिनभवन स्थित सिभिल अस्पतालमा उपचार गराई रहेका छन् भने चन्दको अवस्था सामन्य रहेको अस्पताल स्रोतले कपनअनलाइन लाइ बतायो । आक्रमणकारीको भने अहिलेसम्म पहिचान खुल्लन सकेको छैन । सचिव चन्द उपाध्यक्ष दिलकुमारी पन्त समुहका हुन् भने घटना संगठनभित्रको गुठ विवादकोकारण भएको अनुमान गरिएको छ ।
हेर्नुहोस घटनापछी प्रेस चौतारी नेपालक केन्द्रीय सचिव रामकुमार एलनले आफ्नु फेसबुकमा लेखेका प्रतिक्रिया
तपाइँको प्रतिक्रिया ।