बाछो को बाँ : डा.लक्ष्मणमान श्रेष्ठ ( कविता )

बाछो को बाँ : डा.लक्ष्मणमान श्रेष्ठ ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३ ।

मैले त्यो अस्ति ठोक्किएको ढुङ्गा सित
यैया भनेको बिर्सीएको छैन ।
मैले त्यो गाई को बाछो ले बाँ भनेको बिर्सिएको छैन ।
बोलाइ रहेछ त्यो निमको रुखले मलाई औषधि गर्न ।
लिन आउ भनी बाटो हेरि बसि रहेछ ।
गल्ली को ति मोडहरुले हासेर भन्छ आउ खेल्न ।
त्यहाँ मोटे र सिकुटे कुरि बसेछन कपर्दी खेल्न ।
मेरो त्यो झुप्रो छानोले बोलाइरहेछ भित्रैभित्र प्वाल टाल्न
जहाँबाट अजिङ्गरहरु आइ चियाइरहेछन ।
चीत्कारको तरङ्ग आई मेरो मुटुमा ध्वाङ्ग्रो ठोकछन् ।
म पुर्पुरोमा हात राखी सोच्न थाल्छु ।
काधमा मलिलो हत्केलाको
आभासले अलि सकुन दिलाउछ । र म तम्सिन खोज्छु जान
ती पहिलेका गल्लीका खाल्डा खुल्डिले मलाइ चिच्याइ चिच्याइ हेरिरहेछ
र म त्यसलाई पुर्नलाई भनी जानु छ
फेरि भोलिको तुसारोले न आउ भन्ला कि भन्ने डर छ ।
त्यसैले आजै अहिले नै जानु छ ।
किनकि त्यहाँ मेरो अत्यन्तै खाँचो छ ।
त्यहाँ गैइ माहिला दाइको टोपी पनि रङनुछ ।
अनि सिर ठारो पारी हिडाउनु छ ।
अनि भ्याकुरे काडा उखाल्नुछ ।
वनमारा घाँसलाई जडैबाट हटाउनु छ ।
त्यसैले त्यहाँ मेरो अति खाचो छ ।
विचरी बाजे र बजुको लौरो पनि बन्नु छ ।
जस्ले औंला दिई यस लोकमा टेक्न सिकाउनु भयो
ओहालाई स सम्मान अङ्गालो हाल्नु छ अनि अनि ।
त्यो बाछोलाई बाँ पनि भन्नु छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।