दुर्गाले रक्षित यो भुमि : गंगा लिगल (कविता )

दुर्गाले रक्षित यो भुमि : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३ ।

आज दशै सब मिली हर्ष र उमंग ल्याऔ ।
वैमनष्यता हटाई सौहार्दताको भाव ल्याऔ
देशको मर्यादामा घात नभै मिठो साथ ल्याऔ
सबै मिलि उन्नतिमा गौरवको माथ ल्याऔ ।

दुर्गाले रक्षित यो भुमिमा तिनको मान राखौ
अद्धितीय शक्ति स्वरुपिणी माताको आन राखौ
एकै दृष्टी तिनको भुमिमा पदार्पण गराऔ
अमुल्य ज्ञान दात्रीको मर्यादाको ओज राखौ ।

घटदै गएको देशको स्थितिको ख्याल राखौ
सबैले सबैमा एउटै छत्र छायाको दृष्टी राखौ
दिब्य माताको आगनमा सबैले शान राखौ
नेपाली मिलि देश उन्नति गर्ने भनी प्रण राखौ ।

रावण कंश र शुम्भ निसुम्भ दैत्य मारेर आइन
मानव बचाएर वीर शिखरिणी मत्र्य लोक आइन
आनन्द र प्रेम भावको अबिछिन्न रस बहाइन
जय जयकार ध्वनि विश्व भरि नै गुन्जाइन ।

शुभकामना बाढौ सबैले सबैलाई स्वच्छ दिलले
हात पात र घात नहोस् मन स्वच्छ पारौ सबैले
कुभावना सबै नाश भएर जावस सदा नै
शुभकामना बिजया दशमीको अगालौ सबैमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।