नेकपा एमाले बुढानिलकण्ठ-२ मा चुस्त प्रविधियुक्त र युवामैत्री संगठन बनाउने छौ : राजेन्द्र श्रेष्ठ

नेकपा एमाले बुढानिलकण्ठ-२ मा चुस्त प्रविधियुक्त र युवामैत्री संगठन बनाउने छौ : राजेन्द्र श्रेष्ठ
कपन अनलाइन
सल्यान, कात्तिक ४।
नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठले चुस्त प्रविधियुक्त र युवामैत्री संगठन बनाउने बताएका छन।
कार्तिक ६ गते हुने वडा अधिवेसन पश्चात बन्ने नयाँ कमिटीले वडा नं २ मा संगठन निर्माण र विकास निर्माणको क्षेत्रमा विशेष योजना बनाएर लागु गर्ने बताउदै अध्यक्ष श्रेष्ठले जनसंगठन निर्माणलाई प्राथमिकतामा राख्ने योजना रहेको जानकारी दिएका छन।
वडाका विभिन्न क्षेत्रमा टोल कमिटी गठन गर्दै आक्रामक सदस्यता विस्तारको योजना रहेको बताउदै उनले कार्तिक ६ गते ११ बजे ड्रिम गार्डेन  पार्टी प्यालेसमा  हुने वडा अधिवेसनमा सक्रियता पुर्वक सहभागी हुनका लागि अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।