नेकपा एमाले बुढानिलकण्ठ-१० को अध्यक्षमा नवराज देउजाको दावी

नेकपा एमाले बुढानिलकण्ठ-१० को अध्यक्षमा नवराज देउजाको दावी

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा नवराज देउजाले  दावी गर्ने तयारी गरेको बताएका छन।

कार्तिक ६ गते सनिवार हुने वडा अधिवेसनमा वडा कमिटीको अध्यक्षमा आफ्नो दावी गर्ने बताउदै देउजाले कमिटीलाई फरक र सृजनात्मक तरिकाले चलाउन आफ्नो उम्मेदवारी हुने धारणा राखेका छन।

साविक कपन गाउँ कमिटीको सदस्य हुदै हाल वडा नं १० कमिटीको सचिवालय सदस्य रहेका देउजा लामो समय देखि नेकपा एमालेका विभिन्न कमिटीहरुमा सकृय रहदै आएका छन।

नगरपालिकाको सबैभन्दा ठुलो जनशंख्या भएको वडा नं १० को नेतृत्वका लागि दावी गर्दै देउजाले सहयोगका लागि सबैलाई आग्रह समेत गरेका छन ।

तपाइँको प्रतिक्रिया ।