नेकपा एमाले बुढानिलकण्ठ -६ को अध्यक्षमा रबि खड्काको दावी

नेकपा एमाले बुढानिलकण्ठ -६ को अध्यक्षमा रबि खड्काको दावी

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २।

नेकपा एमाले बुढानिलकण्ठ-६ को अध्यक्षमा रबि खड्काले  दावी गरेका छन । कार्तिक ६ गते हुने वडा अधिवेसनमा वडा कमिटीको अध्यक्षमा खड्काले दावी गरेका हुन।

लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका खड्का २०६२ देखि २०६८ सम्म अनेरास्ववियुको काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेका थिए भने साविक खड्का भद्रकाली गाविसमा पार्टी प्रतिनिधिका रुपमा पनि योगदान पुर्याएका थिए।

त्यस्तै सो गाविसको वडा नं ७ मा चार कार्यकाल सचिवको भूमिका निर्वाह गरेका खड्काले वडा नं ६ मा नेकपा एमालेलाई विजयी बनाउन  संगठन निर्माण र परिचालनको विस्तृत योजना निर्माण गर्ने बताएका छन।

आगामी सनिवार हुने अधिवेसनमा आफुलाई सहयोग गर्न अनुरोध गर्दै खड्काले कुनै सुझाव वा जिज्ञाशा भएमा 9851001824 मा सम्पर्क गर्न समेत आग्रह गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।