नेपाली कांग्रेस बुढानिलकण्ठमा युवा बर्चस्वले नेकपा एमालेमा बहस

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २।

नेपाली कांग्रेस बुढानिलकण्ठमा युवा बर्चस्वले नेकपा एमालेमा बहस सृजना गरेको छ। असोज १६ गते सम्पन्न भएको नेपाली कांग्रेसको नगर अधिवेसनबाट पदाधिकारीमा युवाहरुले निर्वाचित हुँदै स्थान बनाए संगै नेकपा एमालेको आसन्न वडा र नगर अधिवेसनमा युवाहरुको भूमिका र स्थानका वारेमा बहस शुरु भएको हो।

अधिवेशनको मिति नजिकिदै गर्दा बुढानिलकण्ठका १३ वटै वडामा युवाहरुको भूमिका र स्थानका वारेमा निकै गम्भीर बहस शुरु भएको एक नगर कमिटी सदस्यले बताए।

हाल सम्म कसैले पनि आधिकारिक र सार्वजनिक रुपमा उम्मेदवारी घोषणा नगरेपनि आन्तरिक छलफल र नेताहरु संग परामर्श भने व्यापक रुपमा चलिरहेको बताउदै उनले यस पटक सर्वसम्मत नेतृत्व चयनको सम्भावना उच्च रहेको धारणा राखेका छन।

अहिले सम्म स्वाभाविक दावेदार हालका नगर कमिटी अध्यक्ष प्रदिप डंगोल बाहेक नगर कमिटी अध्यक्षका लागि कसैले पनि सार्वजनिक रुपमा नेतृत्वको दावी गरेका छैनन भने उपाध्यक्ष,सचिव र दुई सह सचिवमा पनि आकांक्षीहरुले सार्वजनिक घोषणा गरेका छैनन।

केहि व्यक्तिगत भेटघाट र चिया चर्चामा वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र पुर्व जनप्रतिनिधि रबि थापाले अध्यक्षमा उठ्ने इच्छा र चाहाना ब्यक्त गरे पनि उनीहरुले कुनै औपचारिक घोषणा भने गरेका छैनन।

लगातार तिन वटा संघीय निर्वाचनमा पराजित भएको काठमाण्डौ क्षेत्र नं ४ का ८ वटा वडा रहेको बुढानिलकण्ठ नगरपालिकामा पुन २०५६ शालको आम निर्वाचनको इतिहास रच्ने योजनामा अगाडी बढ्दा नेकपा एमालेले युवाहरुलाई भूमिका र नेतृत्वलाई प्राथमिकतामा राख्नुपर्ने एक जिल्ला कमिटी सदस्यले बताएका छन।

नेपाली कांग्रेसले बुढानिलकण्ठ नगर समिती र वडाहरुमा उल्लेख्य शंख्यामा युवाहरुलाई अगाडी सारेको अवस्थामा नेकपा एमालेमा पनि आसन्न अधिवेसनलाई युवा नेतृत्व विकासको अवसरका रुपमा लिनुपर्ने युवा संघ नेपालका एक केन्द्रीय सदस्यले बताएका छन।

लामो समय देखि एकै नीति,नेतृत्व,विधि र शैली रहेको भन्दै त्यसको परिवर्तनका लागि युवाहरुको नेतृत्वमा महत्वपूर्ण स्थान आवस्यक देखिएको भन्दै उनले यसका वारेमा पार्टी र पार्टी नेतृत्व गम्भीर हुनुपर्ने धारणा राखेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।