सांसद यज्ञराज सुनुवारको खसी उपहार पाएपछी ओखलढुंगा कारागारका कैदीबन्दी दंग

सांसद यज्ञराज सुनुवारको खसी उपहार पाएपछी ओखलढुंगा कारागारका कैदीबन्दी दंग

कपन अनलाइन

काठमाण्डौ ,असोज २६।

ओखलढुंगा जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले विगतका वर्षमा झैँ यस वर्ष पनि जिल्ला कारागारका कैदी बन्दीहरुलाई खसी उपहार प्रदान गरेका छन।

२०७० शालमा संविधान सभा सदस्यमा निर्वाचित भए देखि सांसद यज्ञराज सुनुवारले शुरु गरेको खसी उपहार दिने चलन अहिले आठौ वर्षमा पुगेको छ।

बाध्यता परिवन्धमा परेर जेल परेकाहरुलाइ सजाय दण्ड संगै सुधार गर्न जनताको प्रतिनिधिका रुपमा सहयोग गरेको बताउने सांसद सुनुवारले आज फूलपातीका दिन खसी उपहार प्रदान गर्दै कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सुझाव समेत दिएका छन।

पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सीपमूलक काम सिक्ने जस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन आग्रह गरेका सांसद सुनुवारको उपहार बाट दंग बनेका कैदीबन्दीले सो अवसरमा सांसद सुनुवार र प्रहरी नायव उपरीक्षकलाई जेलमै तयार भएको ढाका टोपी प्रदान गरेका थिए।

तपाइँको प्रतिक्रिया ।