सुन्ताखान युवा क्लब गोकर्णेश्वर-३ द्वारा आयोजित वडा अध्यक्ष दसैँ आन्तरिक फुटसल प्रतियोगिताको उपाधि ब्रम्हडोललाइ

सुन्ताखान युवा क्लब गोकर्णेश्वर-३ द्वारा आयोजित वडा अध्यक्ष दसैँ आन्तरिक फुटसल प्रतियोगिताको उपाधि ब्रम्हडोललाइ

कपन अनलाइन

काठमाडौँ,असोज २६। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा रहेको सुन्ताखान युवा क्लब द्वारा आयोजित वडा अध्यक्ष दसैँ आन्तरिक फुटसल प्रतियोगिता सम्पन्न भएको छ।  बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा फुटसल प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ नगरपालिकाको आर्थिक सहयोगमा असोज २० गते बाट माकलबारी स्थित मनकामना फुटसलमा संचालित उक्त प्रतियोगिताको फाइनल खेल ब्रम्हडोल र  ग्रिन स्टार फुटबल क्लब बीच भएको थियो।

निकै नै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा ब्रम्हडोलले ग्रिन स्टार फुटबल क्लबलाई ४-२  गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जनाएको छ। जित संगै ब्रम्हडोल क्लबले खसी सहित ट्रफी मेडल र प्रमाण पत्र हात परेको छ भने उप बिजेता ग्रिन स्टार क्लबले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। बिजयी टिम र खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामा,वडा सदस्य लक्षमण गोले  लक्ष्मी भण्डारी  लगायतले पुरस्कार वितरण गरेका थिए  ।

 पुरस्कार वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख सन्तोष चालिसेले खेल क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताएका थिए । खेल मैदानको काम अघि बढेको जानकारी दिदै  नगरपालिकाबाट  प्रतिनिधित्व गर्दै देश बिदेशमा खेल्न जाने खेलाडीहरुलाई पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने जानकारी गराएका थिए ।नगरपालिका बाट ब्याडमिन्टनमा सहभागी खेलाडीहरुले जितेर आएको स्मरण गर्दै फुटबल लगायत अन्य खेलमा पनि जित हासिल गर्नेको लागि बिभिन्न प्रतियोगिता प्रशिक्षण गराइने बताएका थिए  ।उनले  खेलाडीहरु सधैं निकै स्फुर्त हुनुपर्ने बताउदै  प्रमुख चालिसेले बिभिन्न उदाहरणहरु समेत सुनाउदै खेलकुद अहिलको समयमा स्वच्छ र फुर्तिलो बनाउन सबैका लागि आवश्यक रहेको धारणा राखेका थिए । उनले सबैलाई चाड पर्व सुरक्षित भएर मनाउन अनुरोध गरेका थिए ।

 

नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामा लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले  यस्ता कार्यक्रमले  अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न सहयोग मिल्ने बताएका थिए । उनले  युवाहरुलाई खेलकुदमा लगाए समाज अनुशासित र स्वस्थ्य हुने चर्चा गर्दै सोहि कारण वडाले बिभिन्न  समयमा खेलकुदको लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताएका थिए । अध्यक्षताको आसन बाट बोल्दै  सुन्ताखान युवा क्लबका अध्यक्ष  हरिबोल  बिष्टले कार्यक्रम सफलता पुर्वक सम्पन्न सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए।  पुरस्कार वितरण कार्यक्रम संचालन बिमान लामाले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।