उत्तरबाहिनी ब्याडमिन्टन समूह गोकर्णेश्वर- ४ द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

उत्तरबाहिनी ब्याडमिन्टन समूह गोकर्णेश्वर- ४ द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौँ,असोज २६ । गोकर्णेश्वर नगरपालिका वडा नं  ४  को आर्थिक सहयोगमा  उत्तरबाहिनी ब्याडमिन्टन समूह द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न  भएको छ  ।  उत्तरबाहिनी ब्याडमिन्टन कोर्टमा आइतबार बाट शुरु भएको उक्त   प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।सोमबार भएको फाइनल खेल प्रेम कुमार श्रेष्ठ र धुर्ब प्रकाश नापितको जोडी , विजय कुमार श्रेष्ठ र राजेश गुरुङको जोडी बीच भएको थियो।

निकै नै प्रतिस्पर्धात्मक बनेको उक्त  खेलमा प्रेम कुमार श्रेष्ठ र धुर्ब प्रकाश नापितको जोडीले प्रेम कुमार श्रेष्ठ र धुर्ब प्रकाश नापितको जोडीलाई २१-१२,  १९-२१ र २१- १६ अंकको तेस्रो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ ।  त्यसै गरि विजय कुमार श्रेष्ठ र राजेश गुरुङको जोडी दितीय भए भने  विकेश श्रेष्ठ र रामजी श्रेष्ठको जोडी तृतीय भए ।

बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ आयोजना  गरिएको उक्त प्रतियोगिता  समापन  कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४  का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ लेबिजयी खेलाडीहरुलाई मेडल प्रमाण पत्र र ब्याडमिन्टन र्याकेट प्रदान गरेका थिए ।कार्यक्रममा वडा सदस्य बालकृष्ण श्रेष्ठ, जयराम महत लगायत  खेलाडी र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।