“अनिल चापागाइंको दशैं विशेष तीन मुक्तक”

“अनिल चापागाइंको दशैं विशेष तीन मुक्तक”

कपन अनलाइन

काठमाण्डौ ,असोज २५।

मुक्तक १ बरु संस्कार भुलेको पापिकै

दाग लाइदिनुस।

चाहे मेरो नाममा कलंकको

गित गाइदिनुस।।

मकैको भात खाएर छाक

टारेको छु बर्षभरि।

बिन्ति मेरो घरमा टिका

लाउन नआइदिनुस।।

मुक्तक २

यो रेडियो टिभि ले दशैंको गित

नगाओस कहिलै।

दशैं तिहार आयो भन्ने कुरा

थाहैनपाओस कहिलै।।

भोक लाग्दा खाने चामल छैन

अक्षता बनाउं के ले।

त्यसैले त भन्ने गर्छु यो पापि

दशैं नआओस कहिलै।।

मुक्तक ३

सबैको घरमा खुसि उमंग

छाएको छ।

सोच होला सबैले रमाउ

पाएको छ।।

गरिबको नजर बाट

हेर्नुस एकपटक। दशैं हैन हजुर यहां

दशा आएको छ।।

तपाइँको प्रतिक्रिया ।