परिक्षाहलमा चिटको टुक्रामात्रभेटिएपनि हलबाट निकाल्लने तयारीमा पनिका

परिक्षाहलमा  चिटको टुक्रामात्रभेटिएपनि   हलबाट निकाल्लने तयारीमा पनिका

काठमाडौ, २ चैत । यही ५ चैतबाट देशभर हुन लागेको एसएलसीअन्तर्गत काठमाडौंमा हुने परीक्षामा कडा अनुगमन गरिने भएको छ ।
देशकै सबैभन्दा बढी परीक्षार्थी रहेको काठमाडौंमा एसएलसीलाई व्यवस्थित,अनुशासित र सफल बनाउन सबै प्रकारका तयारी पूरा भएको एसएलसी तयारी जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए ।

panika
आइतबार जिल्ला शिक्षा कार्यालय काठमाडौंले गरेको केन्द्राध्यक्षका लागि अभिमुखीकरण कार्यक्रममा प्रजिअ अर्यालले परीक्षामा कुनै पनि चिटका टुक्रा भेटिनासाथ कडा कारबाही गर्न सम्पूर्ण केन्द्राध्यक्षलाई कडा निर्देशन दिए ‘परीक्षालाई मर्यादित र अनुशासित बनाउनुहोस्,चिट चोरेको पाइए तत्काल कारबाही गर्नुस्,तपाईंहरुको सुरक्षाको जिम्मा पूर्ण रुपमा हामी लिन्छौं,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।
यस वर्षको एसएलसी परीक्षा सकिएलगत्तै विद्यार्थीको कन्ट्रोल सिस्टम सार्वजनिक हुने भएको छ । एसिड पीडित ३ छात्राले उपचारकक्षाबाट नै परीक्षा दिदैछन् ।

तपाइँको प्रतिक्रिया ।