नक्कली क्रिकेट विशेषज्ञ बनेर बीबीसीलाई अन्तर्वार्ता दिएपछि…

काठमाडौ, २ चैत । क्रिकेट विश्वकप नकआउट चरणको रोमाञ्चक प्रतिष्पर्धातर्फ पुगेका बेला क्रिकेट विश्वकपसम्बन्धी एक रोचक घटना सार्वजनिक भएको छ ।
आफू पूर्व पाकिस्तानी क्रिकेटर भएको बताउँदै एक नक्कली व्यक्तिले टेलिभिजन च्यानलमा विशेषज्ञका रुपमा अन्तर्वार्ता दिएका छन्,त्यो पनि बेलायतको बिबिसी टेलिभिजनलाई । आइतबार पाकिस्तान र आयरल्यान्डबीचको खेलअघि बिबिसीमा नदिम आलम नामका ती व्यक्तिले पूर्व पाकिस्तानी क्रिकेटर नदिम अब्बासीको नामबाट अन्तर्वार्ता दिएका थिए । ती व्यक्तिले अब्बासी बनेर पूर्व भारतीय क्रिकेटर एवं क्रिकेट विश्लेषक आकाश चोपडासँग क्रिकेटबारे सामूहिक छलफलसमेत गरेका थिए ।
ती नक्कली अब्बासीको अन्तर्वाता बिबिसी वल्र्ड न्युज,बिबिसी एसिया नेटवर्क र रेडियो फाइभबाट प्रसारण भएको थियो । यद्यपि,बिबिसीले पछि ती व्यक्ति पूर्वपाकिस्तानी क्रिकेटर अब्बासी नभएर आलम भएको पुष्टि गरेको थियो । त्यसपश्चात बिबिसीले बास्तबिक अब्बासीसँग माफीसमेत मागेको छ ।

तपाइँको प्रतिक्रिया ।