जिम्मेवारी पुरा नगरेको भन्नु अस्वाभाविक र आश्चर्यजनक : लोक बहादुर भण्डारी

जिम्मेवारी पुरा नगरेको भन्नु अस्वाभाविक र आश्चर्यजनक : लोक बहादुर भण्डारी

कपन अनलाइन

काठमाण्डौ,असोज १२/ नविना श्रेष्ठ

नेपाल स्काउटका संरक्षक एवं प्रमुख स्काउट समेत रहेको सम्माननिय प्रधानमन्त्रीले जिम्मेवारी पूरा गर्न नसकेकाले जिम्मेवारी बाट अलग गरिएको भन्ने निर्णय गर्नु अस्वाभाविक र आश्चर्यजनक रहेको भन्दै नेपाल स्काउट निवर्तमान संयोजक लोकवहादुर भण्डारीले आफुले  कानुनी बाटो समात्ने तयारी गरेको जानकारी दिएका छन ।

उनले  नेपाल स्काउट संस्थामा आफूले पूरा जिम्मेवारी निभाएको बताउदै स्काउटको ऐन कानुन बनाउने कुरामा सरकार असक्षम र अदुरदर्शी रहेको दाबी गरेका छन्।

असोज ११ गते सोमबार नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर काठमाडौँमा आयोजित नेपाल स्काउट विशेष पत्रकार सम्मेलन गर्दै  भण्डारीले स्काउटलाई अघि बढाउन नचाहनेहरु आफुलाई निकाल्न लागेको आरोप लगाएका थिए ।

 

नेपाल स्काउट फेरिपनि अर्को तदर्थ समितिको श्रृंखला बाट मुक्त गरी निर्वाचन नेतृत्व स्थापित गर्न समेत आग्रह गर्दै उनले  आफूलाई सामाजिक सञ्जालमा समेत आक्रमण भइरहेको र व्यक्तिगत जीवनको विषयवस्तुलाई जोडेर आफूमाथि प्रहार भैरहेको भन्दै दुख ब्यक्त समेत गरेका थिए।

सो अवसरमा  निवर्तमान संयोजक लोकबहादुर भण्डारी तथा सदस्य बिजेन्द्र ध्वजुलाई निर्देशक रामप्रसाद भट्टराइले भएको मायाको  चिनो प्रदान गरी बिदाइ गरेका थिए।

कार्यक्रममा निबर्तमान संयोजक भण्डारीले आफू नियुक्त भएदेखि हालसम्म गरेको महत्वपूर्ण कार्य तथा उपलब्धिहरूको विवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैमा धन्यवाद ज्ञापन गर्दै स्काउटको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।

पत्रकार सम्मेलन कार्यक्रममा नेपाल स्काउटको वार्षिक प्रतिवेदन र ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्रको बृहत्तर विकासका लागि गुरुयोजनासमेत प्रस्तुत गरिएको  थियो।

तपाइँको प्रतिक्रिया ।