प्रजातान्त्रिक अभ्यासमा अब युवाको नेतृत्व

प्रजातान्त्रिक अभ्यासमा अब युवाको नेतृत्व

कपन अनलाइन 

काठमाडौँ, असोज १० / अमर प्रकाश तिवारी 

 कांग्रेसजनहरूमा आगामी चौधौं महाअधिवेशनबाट नेपाली कांग्रेसको सभापति को बन्ला भन्ने एउटा चासो सहितको अहिले वडा स्तरीय अधिबेशन लगभग अन्तिम अवस्थामा आइपुगेको छ । मुलुकै सबभन्दा जेठो राजनीतिक दल करिब आठ दशक भन्दा लामो समयदेखि मुलुकको हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गरेको र मुलुकलाई अगाडि बढाउन महत्वपूर्ण जिम्मेवारी भएको नेपाली काँग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यासले राष्ट्रिय महत्व राख्छ । केहि क्षेत्रका स्थगित भएका वडा बहायक समग्र सफल सम्पन्न वडा स्तरीय अधिबेशनको पछिल्लो परिणामले देशमा साचै युवा नेतृत्व खोजेकै हो भन्ने प्रस्ट पारेको छ ।

त्यसैले पार्टीले विभिन्न बाधा अड्चन सहेर पनि महाधिवेशन सम्पन्न गरी व्यवहारमै लोकतन्त्र आत्मसात् गर्न नेपाली काँग्रेसका क्रियाशील युवाहरु खटिएका छन । नेपाली कांग्रेसको राजनीतिलाई विश्लेषण गर्दा २००८ सालमा गृह र २०१५ सालमा प्रधानमन्त्री हुँदा बीपी कोइराला, सभामुख हुँदा किसुनजी, उद्योग मन्त्री हुँदा गणेशमानजी, सुवर्णजी कति उमेर हुँदा राजनीतिक जिम्मेवार भएर राष्ट्रलाई सहयोग गरेका थिए भन्ने समिक्षा गरिनु पर्छ । नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, बालकृष्ण खाँड, रमेश लेखक, मीनेन्द्र रिजाल, नारायणप्रसाद सावद, चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, प्रदीप पौडेललगायत थुप्रै युवा नेताहरूले आफुलाई कम उमेरमै नेतृत्व लिनसक्ने हैसियत निर्माण गरिसकेका छन् त्यो पनि एक उदहारण हुन् र यो अहिले हुदै गरेको वडा स्तरीय अधिबेशन बाट पनि तेस्तै लक्षण र परिणामक कांग्रेसभित्र देखिएको छ ।

त्यसरी नेपाली काँग्रेसले सङ्घीय संरचनालाई आत्मसात् गरिरहेको र सोहि बमोजिमको सङ्गठन र समावेशी नेतृत्वको खाका तयार गरि नेपाली कांग्रेसमा हुदै गरेको १४औ महाधिबेसन इतिहासमै एक उदहारण हुने पक्का देखिन्छ । यो खाका कार्यान्वयनको जिम्मेवारी १४औँ महाधिवेशनबाट आउने युवा नेतृत्वमा आउने पक्का छ । यो नेतृत्वका अगाडि पार्टीको मात्रै नभई देश निर्माणको नेतृत्व लिने छ । नेपाली काँग्रेस जनताको रोजाइको पार्टी बन्नुपर्छ, विकल्पको या निगाहको दल होइन । यसका लागि महाधिवेशनबाट आउने नेतृत्व सक्क्षम र भिजन भनेको हुनेपर्ने छ भने, स्पस्ट कार्यपत्र सहित नीतिगत मार्गदर्शन र त्यसलाई कार्यान्वयन गर्ने खाका समेत हुन जरुरी छ । र यो महाधिवेशनबाट यो सम्भव गराउनु पर्छ ।

विश्वमा आएको सामाजिक, राजनीतिक, आर्थिक, एवं जनसांख्यिक परिवर्तनलाई आत्मसाथ गरी हरेक नेपाली काँग्रेसले सबै योग्यता पुगेका सक्क्षमताको पहिचान गरी राष्ट्र प्रति जिम्बेवार व्यक्तिलाई नै अवसर दिलाई अनुभबी अग्रज नेतृत्वहरुले मार्ग निर्देशन गरि आभिभाबकको भूमिकामा बसी युवा बौद्धिक नेतृत्वलाई आधिकारिक जिम्बेवारी दिनु नै आहिलेको महाधिबेशनको प्रमुख उधेश्य हुनु पर्छ । शिर्षमा देखिएको अनुभबी युवा नेतृत्वमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइराला मध्ये एक हुनु पर्ने युवाहरुको जोडदार अभियन छ भने बरिस्ठ नेता शेर बहादुर देउवा, रामचन्द्र पौडेल, शेखेर कोइराला, कृष्ण प्रसाद सिटौला, रामशरण महत आदि नेताहरुले नेपाली काँग्रेसको अबिभाबकको भूमिका तय गर्दा संगठन अझ मजबूत रहने छ ।

तेस्तै बालकृष्ण खाँड, रमेश लेखक, मीनेन्द्र रिजाल, नारायणप्रसाद सावद, चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, प्रदीप पौडेल आदि झनै युवा नेता हरुले उच्च नेतृत्वको तयारी गर्दै जाने र त्यस भन्दा तल्लो तहको अन्य युवाहरुले तह अनुसार, छेत्र जिल्ला र प्रदेशमा नेतृत्व मिलाउदै जाने हो भने नेपाली काँग्रेसको १४औँ महाधिबेसन इतिहासकै नमुना र बलियो संगठन रहने कुरोमा दुइ मत रहन्न । नेपाली कांग्रेसको इतिहासमा हाम्रा आदरणीय नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत अन्य शीर्षस्थ नेताहरूको योगदान सुनौला अक्षरले लेखि युवाहरुको पहलमा उहाँहरूको उच्च सम्मान गर्दै नेतृत्व समाल्न सक्ने केन्द्रीय नेतृत्वमा जस्तै, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालाहरु मध्ये नै नेतृत्व हुनुपर्छ ।

तसर्थ शीर्षस्थ नेताहरूले एकआपसमा वार्तालाप गरी कांग्रेसलाई चुस्त र दुरुस्त बनाउन दोस्रो पुस्ताका नेताहरूलाई अग्रणी बनाएर युवा पुस्तालाई विशेष जिम्मेवारी दिएर पार्टी संगठनमा लागेकालाई थप ऊर्जा प्रदान गरेर सर्वसाधारण जनतालाई पुनः आशा र विश्वासको एकमात्र पार्टी बनाउने गरी अगाडि बढ्न युवाहरूले जोडदार पहल गरिरहेका छन् । आज नेपालका प्राय सबै राजनीतिक दलहरू गम्भीर सामाजिक बितृष्णा र जनता बाट उपेक्षित जस्तै मोडमा छन । आदरणीय नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेलले साथै त्यही भित्रका विभिन्न उच्च तहका नेताहरुले सहकार्यात्मक अभिभावकत्वमा नयाँ नेपाललाई हाँक्नसक्ने सर्वसम्मत नेतृत्वको चयन गर्नसके पार्टी भित्रको गुटउपगुट र त्यसले पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नुका साथै संगठनमा (दलमा) पुनः जनमत आई बितृष्णा र जनता बाट उपेक्षित राजनैतिक दलहरु/संगठनहरुका नेतृत्व मा विश्वास फर्किने आशा हुन सक्छ ।

यो उहाहरुको काधमा आएको अहिलेको गहन र वास्तविक राष्ट्रहित निर्णय हुनेछ, जुन अनन्त सम्म सम्झन लायक भइ इतिहासमै सुनौलो अक्षरले लेखिने छ । आफुहरु सम्मानित भइ देश हाँक्न युवालाई जिम्मा लगाउनु पनि उहाँहरुको दाइत्व नै हो । यसको सुरुवात नेपाली काँग्रेसले गर्दा अन्य हरेक पार्टीभित्र यस प्रकारको प्रक्रिया बस्ने छ, जसले नयाँ राजनैतिक प्रणालीको बिकाश गर्नुका साथै राष्ट्र निर्माणमा ठोस कदम रहन्छ ।

तपाइँको प्रतिक्रिया ।