अन्तर्राष्ट्रिय शान्ति दिवसमा नेपाल स्काउटको सम्पदा साइकल यात्रा

कपन अनलाइन

काठमाण्डौ ,असोज १०/नविना श्रेष्ठ

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर विश्व शान्तिको कामना गर्दै स्काउटको सम्पदा साइकल यात्रा  सम्पन्न भएको छ। काठमाडौँ उपत्यकाभित्र रहेका सम्पदाहरु बुढानिलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ , स्वयम्भु, पाटन दरवार र भक्तपुर दरबार क्षेत्रबाट असोज ९ गते शनिबार बिहान एकैसाथ विश्व शान्तीको कामना गर्दै सम्पदा साइकल यात्रा निकालिएको हो।

युवाहरुको सहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने एक उद्देश्यले नेपाल स्काउटबाट साईकल यात्रा आयोजना गरेको नेपाल स्काउट राष्ट्रिय संयोजक लोक वहादुर भण्डारीले जानकारी दिएका छन । उनले हिजोको दिनको स्काउट भन्दा आजको दिनमा स्काउटलाई स्थापित संस्थाको रुपमा विकास गर्न सफल भएको दाबी समेत गरेका छन ।

विभिन्न सम्पदा क्षेत्रहरू बाट एकैसाथ साइकल यात्रा सुरु गरेको भएपनि काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम गरी यात्राको समापन गर्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक भण्डारीले हरेक नेपालीको घर-घरमा पुगेर सेवा दिनेगरी यसको संयन्त्रको निर्माण गरिएको बताए। सो  साइकल यात्रामा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा र मेसेन्जर प्रिसको ब्यानर संगै शान्तिको सन्देश विश्वमा फैलाउने सन्देश दिने खालका टी-सर्ट प्रदर्शन समेत गरेका थिए।

उपत्यकाका २१ पालिका बाट भेला भएर आएका स्काउटहरुलाई कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक वहादुर भण्डारीले सम्बोधन गरेका थिए। शान्तिको सन्देश फैलाउन आजको सम्पदा साइकल यात्रामा ५०० भन्दा बढी स्काउट हरूको सहभागिता रहेको नेपाल स्काउट जनाएको छ।

तपाइँको प्रतिक्रिया ।