नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ को सभापतिमा सुनित चालिसे, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ को सभापतिमा सुनित चालिसे निर्वाचित भएका छन । वडा नं १२ को इभर साइन पार्टी प्यालेसमा भएको अधिवेसनले चालिसेलाई सभापतिमा चयन गरेको हो।

उक्त अधिवेसन बाट वडा नं १२ को उपसभापतिमा डा. तेज बहादुर रोक्का र शिवहरी खतिवडा निर्वाचित भएका छन भने सचिवमा नवराज भट्टराई र रिता नेपाल ( पुरी ) ले जिम्मेवारी पाएका छन।

त्यस्तै अधिवेसनले नेपाली कांग्रेस वडा नं १२ को सह सचिवमा गोकर्ण आचार्य र शुशिला घिमिरे दाहाललाई सह सचिवमा चयन गरेको छ। त्यस्तै सदस्यहरुमा अनिता न्यौपाने ,कल्पना बराइली ,कृष्णप्रसाद चौलागाई ,किशोर थापा ,नैना माया सापकोटा ,प्रकाश गुरुङ ,विस्वास श्रेष्ठ ,मनिषा रानाभाट ,सुरेश दुलाल ,सहदेव नेपाल ,शारदा सापकोटा ,षडानन्द सापकोटा र हरिश चन्द्र गौतम निर्वाचीत भएका छन ।

तपाइँको प्रतिक्रिया ।