तीज सम्बन्धी मुक्तकहरु : गंगा लिगल

तीज सम्बन्धी मुक्तकहरु : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ,भाद्र २६ ।

१. नारी तिमी नै प्रकाश पुन्ज हौ देशको
अनगिन्ती ताराका झुंड हौ देशको
राष्ट्रको तिमी र नष्ट पारी देउ
तिमी बिहानीको उषा पुन्ज हौ देशको ।

२. तिमी उज्वल जून हौ हर पूर्णिमाको
तिमी र नाशक प्रकाश हौ हर पूर्णिमाको
प्रगती अनि विकास त सुन्य छ यहाँ
त्यसैले दियालो बन हर पूर्णिमाको ।

३. अब बिगुल फुक है नव प्रभातको
चौतर्फ जागरण ल्याउ नव प्रभातको
गाढा निद्राबाट छिटो जागोस सबै नै
सबैमा जागृती आवस नव प्रभातको ।

४. जगेर्ना गर रास्ट्रको अमुल्य संस्कृति
परिस्कृत तुल्याउ अझ स्वर्ण तुल्य संस्कृति
बिकृती नआवस कदापि यस धर्तीमा
अरु सुधार गर यो बहुमुल्य संस्कृति ।

५. मातृ भुमी रहोस् है सदा हरा भरा
सुन्दर संस्कृती अझ बनोस् हरा भरा
यो धर्ती रहोस् है सदा नै मर्यादित
नारी तिमी रहु गरिमामय सदा हरा भरा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।