बुढानिलकण्ठ नगरपालिका वडा -११ का युवाहरुलाई वडा युवा परिषदको अभिमुखिकरण

बुढानिलकण्ठ नगरपालिका वडा -११ का युवाहरुलाई वडा युवा परिषदको अभिमुखिकरण

कपन अनलाइन

काठमाण्डौ.भाद्र २६।

बुढानिलकण्ठ नगरपालिका वडा -११ वडा युवा परिषदको अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ। वडा -११ पैयाटारमा रहेको रोज एन्ड क्राउन क्याफेमा भएको अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष राजु अधिकारी रहेका थिए।

वडा युवा परिषदका अध्यक्ष सुजन लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्यहरु बिनोद तामाङ , बिमल लामा , नगर युवा परिषदका सदस्य सरोज धिताल , वडा -१० युवक परिषदका अध्यक्ष सुदिप लुइँटेल ,वडा -१२ का अध्यक्ष अनोज लुइँटेल लगायतको उपस्तिथि रहेको थियो। सो अभिमुखिकरण कार्यक्रममा युवा परिषदको सदस्यता विस्तार,आगामी योजना निर्माण र अन्तरक्रिया गरिएको थियो ।

वडा युवा परिषदकी सचिव रक्षा गुरुङले संचालन गरेको कार्यक्रमका वारेमा उपाध्यक्ष प्रतिमा खड्काले प्रकाश पारेकी थिइन।

तपाइँको प्रतिक्रिया ।