गोकर्णेश्वर नगरपालिका वडा नं २ इकाई समितिको सभापतिमा दिपेन्द्र लामाको दाबी
कपन अनलाइन
काठमाडौं भाद्र २५ ।,नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि उम्मेदवारी घोषणाको लहर नै चलेको छ । लामो समयदेखि पार्टीमा रहेर सक्रियता देखाएका नेताले नेतृत्व लिन पाए हुन्थ्यो भन्ने चाहना गर्दै आएका छन् ।काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४औँ महाधिवेशन केन्द्रित गतिबिधिहरु तीव्ररूपमा चलिरहेको छ । अन्य जिल्लामा महाअधिवेशन चलिरहदा काठमाडौं लगायतका अन्य जिल्लामा भने महाधिवेशनको मिति टुंगो नलागे पनि यति बेला काठमाडौं जिल्लामा काङ्ग्रेसका नेता, कार्यकर्ताहरु पूर्णरूपले अधिवेशन केन्द्रित हुन थालेका छन् । काठमाडौं क्षेत्र नं ३मा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ । अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा छलफल गरिरहेका छन ।
त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर नगरपालिका वडा नं २ इकाई समितिको सभापतिमा दिपेन्द्र लामाले दाबी गरेका छन । । गोकर्णेश्वर २ नं. इकाईले नयापाटीमा गरेको वृहत क्रियाशिल भेलामा लामाले इकाई सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय लामाले नगरपालिका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आउनुले उनि राजनीतिक मात्र नभई सामाजिक व्यक्तित्व पनि भएको प्रस्ट बुझिन्छ । आजसम्म कसैलाई पनि घाटा हुने काम नगरेको बताउने लामाले समाजमा भए गरेका विकास निर्माणमा सहभागिता जनाउदै आएका छन ।’ उनले अहिलेसम्म आफूले पार्टी र समाजमा गरेको योगदानको कदर हुने समेत बिश्वास ब्यक्त गरेका छन ।प्रष्ट विचार राख्दै आएका उनी आफ्नो उम्मेदवारीबाट पछि नहट्ने पनि बताउँछन् ।
उनले आफू इकाई सभापति भएपछि पार्टीमा देखिएको आन्तरिक द्धन्द्ध मिलाउने, पार्टीलाई सबैको साझा हो भनेर एकताको भावनाको विकास गर्ने, पार्टीलाई देश विकास र सामाजिक कार्यमा सक्रिय गराउने, पार्टीप्रति आकर्षण ल्याउने लगायतका योजना बनाएको बताउछन। कांग्रेसलाई मतदान गर्न जनता तयार छन् तर कांग्रेस एजेण्डाविहीन भयो भन्ने धेरैको गुनासो छ, विगतका कमजोरीलाई सच्याएर पार्टी अघि बढ्नुपर्छ’ उनले भने ‘कांग्रेस पुरानो र ऐतिहासिक पार्टी भएकाले जनाधार बलियो छ, यसलाई व्यवस्थितमात्र गरे पुग्छ ।’ झण्डै दुई तिहाई ल्याएको नेकपाबाट जनता वाक्कदिक्क भइसकेकाले कांग्रेसको विकल्प अरु नभएको उनी बताउँछन् । उनले आफू इकाई सभापति भएपछि आगामी संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा प्रभावकारी भूमिका खेल्दै पार्टीलाई जिताउने अडान लिएका छन् ।
उनले युवा परिचालन गर्ने र जनतालाई आफ्नो विचारले प्रभाव पार्ने क्षमता आफूसँग भएको दाबी गरेका छन् २०४६ साल देखि विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका लामाले२०४९ देखि २०५२ सम्म पिपुल्स क्याम्पस क्षेत्रपाटीमा नेविसंघ सदस्यको रुपमा काम गरेका थिए । २०५० सालमा साधारण सदस्यता लिएका उनले २०५२ सालदेखि नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएर निरन्तर पार्टीको हितमा काम गर्दै आएका छन । उनि १३ औं महाधिवेशनमा तरुण दलको क्षेत्रीय उपाध्यक्षका प्रत्यासी समेत हुन् ।आफूले एक व्यक्ति एक पदको सिद्धान्तलाई कडाईका साथ पालना गर्ने बताउदै इकाई सभापतिमा जिताउन आग्रह गरेका छन ।
युवापुस्ताको आवाज बोल्दै अग्रजहरुलाई सम्मान दिएर कार्य गर्ने बताउदै आएका छन । आजको यस्तो अवस्थामा संगठनको प्रत्येक संरचनामा जनताको मन जित्न सक्ने हरेक समस्यामा जुध्न सक्ने प्रतिस्पर्धी पार्टीहरुसँग सबै विषयबाट मुकाबिला गर्नसक्ने अब्बल युवा नेतृत्व हुनुपर्नेमा अधिकांश कार्यकर्ताहरूको माग रहेको भन्दै उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।