श्री बाल विकास मा.वि.कागेश्वरी २ आलापोटमा अध्ययनरत बिद्यार्थीहरुलाई पोसाक वितरण

श्री बाल विकास मा.वि.कागेश्वरी २ आलापोटमा अध्ययनरत बिद्यार्थीहरुलाई पोसाक वितरण

कपन अनलाइन

काठमाडौं, भाद्र १७।  कागेश्वरी मनोहरा २ आलापोटमा रहेका श्री बाल विकास मा.वि.मा अध्ययनरत बिद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ।  गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगानाको पहलमा उक्त बिध्यालयमा  कक्षा १ देखि १२ सम्म अध्ययनरत २२५ विद्यार्थीहरुलाई पोसाक स्वरुप ट्रयाकशुटवितरण गरिएको हो  ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागका केन्द्रिय सदस्य विमल ठकुरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुदर्शन धिमाल,  प्रधानाध्यापक राजकुमार वाईबा तथा पोशाक सहयोग गर्ने दाताहरु छिरिङ वाङचुक लामा, तेञ्जिङ साङ्गे लामाले बिद्यार्थीहरुलाई पोशाक प्रदान गरेका थिए ।

पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका  प्रवक्ता एवम् वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले आर्थिक अवस्था कमजोर भएर कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताएका थिए  । उनले समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्न आफू सधैं तयार रहेको समेत बताएका थिए  ।नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागका केन्द्रिय सदस्य विमल ठकुरीले शैक्षिक विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त  गरेका थिए।यसैगरी कार्यक्रम  प्रधानाध्यापक राजकुमार वाईबाले सहयोगका लागी सबैलाई धन्यवाद दिदै यस्ता सहयोगले विद्यार्थीहरुलाई हौसला बढ्ने बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।