गोकर्णेश्वर ८ मा कृष्ण खट यात्रा सम्पन्न

कपन अनलाइन

काठमाडौं भाद्र १७  । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने धार्मिक कृष्ण खट यात्रा  गोकर्णेश्वर ८ मा सम्पन्न भएको छ।  मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ८मा रहेको छहारी युवा क्लबको आयोजनामा कृष्ण खट यात्रा सम्पन्न गरेको हो।

स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि अपरान्ह ३ बजे देखि शुरु भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण राइ ,गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम  वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना लगायत क्लबका पदाधिकारी , महिला समूह सहित स्थानीयको उपस्थिति रहेको  थियो।  कोरोना संक्रमणको कारण प्रतीकात्मक रुपमा खट यात्रा गरिएको हो। खट यात्रा बेसीगाउ जोरपाटी चामुण्डा मन्दिर, महांकाल भैरब आरुबारी हुदै पुन बेसिगाउ  कृष्ण मन्दिर पुगी समापन गरिएको थियो ।  आयोजक छहारी युवा क्लबले पुरानो परम्परा संस्कृति जोगाउनको लागि सामान्य रुपमा रथयात्रा निकालेको जनाएको छ  ।

तपाइँको प्रतिक्रिया ।