यस वर्ष पनि गोकर्णेश्वर महादेव मन्दिरमा कुशे औँसी मेला नलाग्ने

यस वर्ष पनि गोकर्णेश्वर महादेव मन्दिरमा कुशे औँसी मेला नलाग्ने

कपन अनलाइन

काठमाडौं भाद्र १७ । भाद्रकृष्ण औँसीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित पितृतीर्थ धामका नामले चिनिने गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने बाबुको मुख हेर्ने मेला यस वर्ष नहुने भएको छ ।कोरोनाको दोस्रो लहरमा संक्रमित संख्या दिनहुँ बढ्दै  गएको र  सरकारले पनि धार्मिक स्थलमा भीड भाड गर्न निषेध गरेकोले  तेस्रो आउँन सक्ने जोखिम रहेकाले गत वर्ष जस्तै यस वर्ष पनि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगन हुने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिएका छन्  ।

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृका नाममा जलदान, सिधादान र पिण्डदान गर्न स्वदेश तथा विदेशबाट लाखौँ भक्तजन आउने गर्छन्।गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको शनिबारको बैठकले मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगन गर्ने निर्णय गरेको उनले जानकारी गराए ।समितिले सार्वजनिक सुचनानै जारि गरि  कुशे औशी, तीज र पंचामिको दिनमा समेत मन्दिर  बन्द रहने जानकारी गराइएको छ भने नित्य पुजा बाहेक अन्य पुजा बन्द गरिएको  जानकारी गराइएको छ ।मेला नहुने जानकारी गराएको हो।  कोरोना संक्रमण तीब्र रूपमा बढिरहेको बेला मन्दिरमा आउने श्रद्धालु भक्तजनहरु साथै बजारमा ठूलो मेला लाग्ने भएकोले मेला हेर्न आउने लाखौंको स्वास्थ्य सुरक्षाको लागि मेला स्थगन गर्न बाध्य भएको  समितिले जानकारी गराएको छ  ।

 

तपाइँको प्रतिक्रिया ।