कर्मचारीहरूलाई होलीमा बोसको कार उपहार

कर्मचारीहरूलाई होलीमा बोसको कार उपहार

काठमाडौ, २३ फागुन(एजेन्सी) : राम्रो काम गरेपछि मालिकले कर्मचारीहरूलाई मोबाइल फिन या अन्य स-साना उपहार दिने कुरा त सामान्य हो । तर, मंगलुरूको एक ७० वर्षीय व्यवसायी वरदराज कमालक्ष नायकले आफ्नो कर्मचारीहरूलाई यस्तो उपहार दिएका छन्, जसले निकै चर्चा कमाएको छ ।

पुणेस्थित सीएनसी बल स्क्रुज एण्ड बियरिङ्ग कम्पनीका निर्देशक नायकले मंगलुरू फ्याक्ट्री र पुणे अफिसका १२ कर्मचारीहरूलाई टाटा नेनो कार उपहार दिएका छन् । पछिल्लो वर्ष सूरतको एक हीरा व्यापारी सावजी ढोलकियाले आफ्नो कर्मचारीलाई तिहारको अवसरमा कार र महंगो उपहार दिएका थिए जसले गर्दा उनी निकै चर्चामा पुगेका थिए ।

images

नायकको कम्पनीको टर्नओभर वार्षिक ३ करोड २० लाख रूपैयाँ रहेको छ । यस्तै, गत वर्ष तिहारमा उपहार दिने ढोलकियाको कम्पनीको टर्नओभर वार्षिक ९ हजार ६०० करोड रहेको थियो ।

नायकले आफ्नो कर्मचारीले गरेको मेहेनतबाट कमाएको फाइदा उनीहरुलाई बाडेको बताएका छन् । उनले ती कर्मचारीहरूलाई वेल्थ क्रियटर्स भन्ने गर्छन् ।

नायकको कम्पनीले एनईएफएफ जर्मनी अटोमेशन अवार्ड समेत पाएको छ । केनरा बैकको तर्फबाट कम्पनीलाई उत्कृष्ट कस्टमरको अवार्ड पनि दिएको छ ।

तपाइँको प्रतिक्रिया ।