गाँजा तस्कर र प्रहरीबीच भीडन्त हुदा एकजना तस्करको मृत्युभएको प्रहरी खुलासा

काठमाडौं, फागुन २३- सुरक्षामा खटिएका प्रहरी टोली र गाँजा तस्करहरुबीच भएको दोहोरो भीडन्तका क्रममा शुक्रबार मध्यरातमा चितवनमा एकजनाको ज्यान गएको छ ।

gaja

चितवन प्रहरीको गोली लागेर शुक्रबार मध्यरातमा विकट लोथर गाविसको दोभान जंगलमा एकजना गाँजा तस्करको ज्यान गएको हो । गाँजा तस्करहरुको समुहसँग भीडन्त हुँदा जवाफी कारवाहीमा सो घटना भएको चितवन प्रहरीले जनाएकोे छ।

मृतकको नाम ठेगाना यकीन भइ सकेको छैन। हात हातियारसहित गाँजा तस्करहरुको समुह लोथर गाविसमा गएको सुचनाको आधारमा चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीसँग दोहरो गोली हाना हान भएको प्रहरीको भनाइ छ।

लोथर गाविस अन्तर्गतको दोभान जंगलमा पुग्दा अन्दाजी ५०-६० जनामा रहेका तस्करहरुले प्रहरी टोली माथि एक्कासी फायर गरेकोले प्रहरी टोलीले सोको जवाफी फायर गरेको हो,  चितवन प्रहरीले शनिबार निकालेको विज्ञप्तीमा उल्लेख छ।

गोली लागेर घाइते भएका अन्दाजी ४०-४५ बर्ष उमेरका पुरुषको उपचारको लागि भरतपुर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीको भनाइ छ। घटनास्थलबाट एक बोरा अबैध गाजा, एक थान बाह्रबोर बन्दुक, त्यसको कार्टिज १६ र एक थान कार्टिजको खाली खोल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

दोहोरो फाइरिङमा प्रहरीले एसएलआरबाट ३९ राउण्ड र चाइनिज पेस्तोलबाट ५ राउण्ड गोली फायर गरेको थियो। सो घटनामा धादिङ महादेवस्थान गाविस– ३ का २२ वर्षको राजेश तामाङ्ग पनि घाइते भएको प्रहरीले जनाएको छ।

उनको चितवन मेडिकल कलेजमा उपचार भई रहेको छ। उनले मृत्यु हुने व्यक्ति धादिङ महादेवस्थान गाविस– ३ घर भएका नाम थाहा नभएको स्याङतान तामाङ थरको अन्तरे भन्ने व्यक्ति रहेको जानकारी दिएको प्रहरीको भनाइ छ।

Bikasha

तपाइँको प्रतिक्रिया ।