Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/239884793_207715544667960_5768011735433113037_n-e1630072104776.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/240789611_10158075438491056_3292124137738014065_n-e1630072236124.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत

कपन अनलाइन 

काठमाडौँ, भाद्र ११ ।वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत भदौ ११, काठमाडौं नेपाली हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू एक संक्षिप्त कार्यक्रमबीच शुक्रवार राजधानीमा वितरण गरिएको छ । यस अनुसार २०७६ सालको हास्यव्यङ्ग्य चित्र तर्फको पुरस्कार वरिष्ठ कलाकार  शशि शाहलाई प्रदान गरिएको छ  भने  २०७७ सालको हास्यव्यङ्ग्य अभिनय तर्फको पुरस्कार  किरण केसी (रातामकै) लाई प्रदान गरिएको छ  । प्रत्येक पुरस्कारको राशी एक लाख एघार हजार एक सय एघार (१,११,१११) रुपैया रहेको छ ।

वरिष्ठ साहित्यकार रोचक घिमिरेले वासुदेव विद्यादेव लुइँटेल गुठीका पदाधिकारीहरूको उपस्थितिमा शाह र केसीलाई पुरस्कार प्रदान गरेका हुन   । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले पुरस्कृत वरिष्ठ कलाकार शशि शाहको नेपाली आधुनिक कलासँगसँगै हास्यव्यङ्ग्य चित्रकलामा पनि विशिष्ट योगदान रहेको बताएका छन्  । पुरस्कृत अर्का स्रष्टा किरण केसीको हास्यव्यङ्ग्य अभिनय जीवन्त रहेको  बताउदै  केसीले पुरस्कार स्वरुप आफूले पाएको रकम मध्ये ९० प्रतिशत समाजसेवामा खर्चने जानकारी दिएका छन् ।

सोही अवसरमा गुठीका अध्यक्ष समेत रहेकी  स्वर्गिय लुइँटेलकी पुत्री डाक्टर सुषमा आचार्यका कृति ‘कस्ले सुन्छ मेरो आवाज’ (उपन्यास) र सोहीको अङग्रेजी अनुवाद ‘हु विल हियर माई भोइस’ को वरिष्ठ साहित्यकार घिमिरे र पुरस्कृत स्रष्टाद्वयले विमोचन समेत गरेका छन्  । गुठीका सचिव प्राध्यापक डाक्टर विद्यादेव शर्माले शाह र केसी जस्ता उच्च कोटीका प्रतिभाहरूलाई पुरस्कृत गर्न पाउँदा गुठी गौरवान्वित भएको  बताएका छन । कोरोना महामारीका कारण समयमा दिन नसकिएका यी दुई पुरस्कार आज प्रदान गरिएको हो ।

फोटो : निर्मल अर्याल

तपाइँको प्रतिक्रिया ।