राष्ट्रिय रेफ्रि उदय कुमार अर्याललाई खेतान फाउण्डेशनको कदर पत्र सहित बिदाई

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ११।

ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईनजज एवं  राष्ट्रिय रेफ्रि उदय कुमार अर्याललाई खेतान स्पोर्टस् फाउण्डेशनले ब्याडमिन्टनमा पु¥याएको योगदानको कदर गर्दै कदरपत्र सहित बिदाई गरेको छ ।
निर्णायक अर्याललाइ शुक्रबार एक कार्यक्रमकाविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउण्डेशनको तर्फबाट प्रदान गरिएको कदर पत्र प्रदान गरे ।
सो अवसरमा अर्याललाई फाउण्डेशनका प्रमुख बिकास खेतान, अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी लगायतले जापानमा आयोजना भएको पारालम्पिक प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागिता जनाउन लागेकोमा सफलताको शुभकामना सहित खादा लगाएर विदाई गरेका थिए ।
अर्याल पारालम्पिकमा ब्याडमिन्टनको लाईनजजको भूमिका निर्वाह गर्न शनिबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । अर्यालले यस अघि पोल्याण्डको क्याटोविचमा २०१९ मा आयोजना भएको बिश्व सिनियर ब्याडमिन्टन च्याम्पियनसिप र हङ्गकङ्गमा अप्रिल २०१९ मा आयोजना भएको ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् । ओलम्पिकमा लाईन जजको भूमिका निर्वाह गर्ने अर्याल दोश्रो निर्णायक हुन् । यस अघि रियो ओलम्पिकमा ब्याडमिन्टन एशियाका अम्पायर दीपक थापाले लाईनजजको भूमिका निर्वाह गरि सकेका छन् । सायद ओलम्पिक जस्तो ठुलो प्रतियोगितामा नेपालबाट निर्णायकको भूमिका निर्वाह गर्ने थापा र अर्याल मात्र हुन् ।

तपाइँको प्रतिक्रिया ।