सु–अवसर : बिक्रम श्रेष्ठ ‘सागर’ ( लघुकथा )

सु–अवसर : बिक्रम श्रेष्ठ ‘सागर’ ( लघुकथा )

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।
प्रतिक्षारत आतुर भइरहेको मनोकांक्षाले आज पुर्णता पाएकोछ । मन खुसी छ । तन चङ्गा छ । दोस्रो जवानीको खुड्कीला, अर्ध शताब्दी पार भएको आज १० वर्ष पुरा भएकोछ ।
चाहे अनुरुप गर्ने, सोच्ने, उठ्ने  बस्ने लगाएत आराम फर्माउने रहरका साथै अधुरो र अपुरा सपनाहरुलाई पुरा गर्ने, घुम्ने, डुल्ने आदी इत्यादीका साथ आगामी दिनहरु रमाएर व्यतित गर्ने बारे सोच मग्न हुँदै पुलकित भै उमंगले भरिएको छ मन आज ।
चरणवद्ध चलिरहेको जीवनले मध्यावधी पार गर्दै तेस्रो चरणको प्राप्त सु–अवसरलाई गुमाउन चाहदैन । अव सम्झौताको जीवन जिउन पनि चाँहदैन । चाहनु पनि हुन्न भन्ने निक्र्यौल गर्दै सकारात्मक सोचका साथ अघि बढ्छ जीवन । हो, आज आएरै छोड्यो । भएरै छोड्यो । जीवनमा आजेत भइरहेको दैनिकीबाट मुक्ति पाएरै छोड्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।