सोनगुन पोलिसी एक शक्तिशाली नीति : शंकर भारती (लेख)

सोनगुन पोलिसी एक शक्तिशाली नीति : शंकर भारती (लेख)

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।
सामाजिक, आर्थिक बिकाश लगायत जनता र देशको उच्च स्वाभिमान, र अस्तित्व भन्ने कुरा त्यस देशको मुख्य नेताको कुसल नेतृत्व र उसले अवलम्बन गरेको मार्गमा भर परेको हुन्छ । यी सबैकुराको बिकाशको लागि मुल नेताले राम्रो नीति र मार्ग लिएको छ भने त्यस्तो देशको सामाजिक, आर्थिक बिकाश लगायत देश र जनताको स्वाभिमान र अस्तित्व सँधै सधैँनै उच्च राख्न सक्षम हुन्छ ।

यस्तै असल दुरदर्सी बिचार अनी जनता र देशको अत्यन्त माया गर्ने नेता पाएकोले प्र.ज.ग.कोरिया अरुको भर नपरी र कसैको सहयोग बिनानै आज आफ्नो देशका सामाजिक आर्थिक बिकाश लगायत देश र जनताको स्वाभिमान र अस्तित्व विश्व मान चित्रमा उच्च राख्न सफल भएको छ ।
धेरै अघि देखिनै कोरिया र त्यो देशको जनताले एउटा असल नेताको आवश्यकता महसुस गरि रहेको थियो ।

यसरी एउटा असल नेताको अत्यन्त आवश्यकता भइरहेको बेलामा झन त्यहाँत भएका नेता र राजाहरुको अदुर्दर्सिताको कारण कोरिया र त्यस देशको जनताहरुले दुख मात्र पाएननकी अरुको देशको दास समेत भएर रहन बाध्य भए ।

झन बिसौ शताब्दिको मध्यतीर त जापानले यस देश कोरिया माथि यस्तो सम्म अत्याचार गर्याेकी कोरिया को हरेक क्षेत्रको निर्णय कोरियाले गर्न नपाउने । सबै निर्णयहरु जापानको सरकारलेनै गर्ने गर्दथ्यो । कोरियन जनता र सरकार दाशको रुपमा रहन बाध्य थिए । यस्तो अवस्थामा जापानलाई आफ्नो देशबाट लखेटेर पठाउने कुरा ज्यादै असम्भव जस्तै थियो । तर यसै समय तिर देश र जनता प्रति अपार माया, साहसी, दुर्दर्सी, विद्वान नेताको उदय भयो ।

उनि हुन कमरेड किम ईल सुङ जसले जपान जस्तो शक्तिशाली राष्ट्र जो सङ्ग अथाह युद्द हतियारहरु युध्दक बिमानहरु र धरै धेरै नै शैनिकहरु छन त्यस्तो देश सङ्ग लडेर आफ्नो देशबाट धपाउने कुरा असम्भव प्रायः नै थियो तर उनै महान नेता कमरेड किम ईल सुङको देश र जनता प्रतिको माया, शाहस र दुर्दर्सिताको कारणले गर्दा आफू सङ्ग भएका थोरै हात हतियारमा विश्वास गरेर निहत्था कोरियन जनताहरुको साथ लिएर थोरै हातहतियार र साहसका साथ लडेर तिनै भएका थोरै हात हतियारको भरमा सन् १९४५ अगष्ट १५ कादिन आफ्नो देश कोरियालाई स्वतन्त्र गराई छाडे र जापानलाई भगाई छाडे ।

त्यस पछि कोरियामा साम्यवादि विचारधारालाई अवलम्बन गर्दै विश्व सामु अघि बढिरहेको साम्यवादि देश कोरिया विश्वका साम्राज्यवादि र अवसरवादी रा्ष्ट्रहरुको आँखाको कसिङ्गर बन्न पुग्यो । त्यसै बेला सन १९५० मा दक्षिणी अमेरिका, कोरीया र अन्य केही देशहरु मिलेर उत्तर कोरियामा हमला गरे । कोरिया माथि गरिएको यो अन्यायपूर्ण युध्द भिषण रुपमा तीन वर्ष सम्म रह्यो ।

अन्तत महान नेता कमरेड किमइल सुङको साहस र कुशल नेतृत्वका कारण सन १९५३ मा यो युध्द कोरियाले ईज्जतकासाथ जित्यो र अमेरिका लगायत उसका आसे पासे राष्ट्रहरु त्यहाँबाट पछि हटन बाध्य भए । यो भयानक युद्ध जित्न सफल हुनुमा उनै महान नेता कामरेड किम इल सुङको प्रभावशाली र साहसी नेतृत्वनै थियो ।

सन १९४५ मा जापान जस्तो सक्तिशाली देश । सन १९५३ मा अमेरिका जस्तो शक्तिशाली देशलाई तिनै आफू सङ्ग भएका सिमित हात हतियारको बलमा पनि जित्न सफल भएको उनी कमरेड किम ईल सुङलाई लागेको त्यस बेला देखिको उनको बिचार यदि हात हतियार र शाहसी शैनिक हुदैन भने दुष्मनलाई जित्न सकिँदैन भन्ने गहिरो बिचार लाई आत्मसाथ गर्दै उनको पुत्र रत्न कमरेड किम जोङ ईलले त्यही सोनगुन विचारलाई आत्मसाथ गर्दै त्यो शक्तिशाली सिद्धान्तलाई निरन्तरता दिइ अगष्ट २५कादिन राष्ट्रिय राजनीतिको मुल उद्देश्य जुछे विचारधारा सङ्गै एक अपरिहार्य र महत्वपूर्ण नीतिको रुपमा सोनगुन पोलिसीलाई स्थापित गर्नु भयो ।

सोही सोनगुन नीतिको माध्यमबाट आफ्नो देश र जनतालाई विश्वसामु स्वाभिमान र शक्ति सम्पन्न राख्ने उद्देश्यले सोनगुन नीतिकै प्रतिपादन गरेर यसलाई राज्यको नीतिनै बनाई कोरिया देशलाई झन भन्दा झन मज्बुत बनाउदै विश्वको अगाडि उभियाउन सफल हुनु भयो ।

हाल आएर पनि महान नेता द्वय कामरेड किम ईल सुङ को नाति कमरेड किम जोङ इलका पुत्र रत्न मार्शल किम जोङ उनले पनि सोही सोनगुन पोलिसीलाईनै आत्मसाथ गर्दै उक्त नीतिलाईनै राज्यको राष्ट्रिय नीतिको रुपमा अझ मज्बुत र ससक्त बनाउदै विश्व साम्राज्यवादी र अवसरवादीहरुको सामु आफ्नो देश र जनताको स्वाभिमान र शक्तिलाई झन बढि भन्दा बढि उँचो राख्न सफल हुनुभएको छ । आज प्रजग कोरिया सङ्ग मैहुँ भन्ने शक्तिशाली राष्ट्रहरुपनि लड भिड गर्न आँट गर्दैनन ।
सन १९४५ भन्दापनि सैयौ वर्ष अघिदेखी साम्राज्यवादि र अवसरवादि देशहरुले यस देशलाई कमजोर बनाएर यहाँ शासन गर्ने, यसका बहुमुल्य धातुहरु लुटने, यस देशका मानिसहरुलाई दास बनाएर आफू मालिक बन्ने गरिरहेका थिए । तर महान नेता कमरेड किम इल सुङको उदय पश्चात त्यस्ता देशहरुको त्यो सपना चकनाचुर मात्र नभइ उल्टो अहिले आएर ती शक्तिशाली देशहरुले त्यो देश कोरियालाई कर्के आँखाले हेर्न सम्म नसक्ने भएका छन । यसको मूल कारण हो महान नेता त्रय कामरेड किम इल सुङ, उनका सुपुत्र किम जोङ इल र नाति किम जोङ उनको कुशल साहसी र दुर्दर्सी नेतृत्व नै हो ।
अहिले प्रजग कोरियाका प्रमुख नेतृत्व कर्ता मार्शल किम जोङ उन त्यही पिता पुर्खाले अपनाउदै आएको सोनगुन पोलिसीलाइनै शक्ति सञ्चयको मूल आधार मान्दै अघिबढि रहेका छन । जसको कारणले गर्दा आज पान जतिसुकै आक्रामक भएपनि प्र.ज.ग.कोरिया एक शक्तिशाली राष्ट्रको हैसियतमा विश्व सामु उभिन सफल भएको छ ।

आज यस देशलाई कमजोर बनाउन र सके ध्वस्त बनाउन साम्राज्यवादिहरु कम्मर कसेर लागेका छन । साम्राज्य वादि र अवसरवादि शक्ति राष्ट्रहरुले आज सम्म पनि भएभरको शक्ति, क्षमता प्रयोग गर्दै यसलाइ खतम र शक्तिहिन बनाउन खोजेपनि यो देशलाई टस मस गराउन सकेका छैनन । यसरी उनिहरु शक्तिहीन हुनुको कारण दुरदर्सी नेता मार्शल किम जोङ उनले प्रतिपादन गरि अपनाउदै आउनु भएको सोनगुन पोलिसीनै हो ।

यी सबै कुराहरुलाई बुझेर विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको राष्ट्रपति जसले सकेभने कोरियालाई ध्वस्तै पार्न चाहन्छ त्यो देशको राष्ट्रपति समेत प्र.ज.ग.कोरियाका महान नेता मार्शल किम जोङ उन सङ्ग युध्द होईन हात मिलाउन तैयार भए फल स्वरुप सन २०१८ र २०१९ मा क्रमस सिङ्गापुर र भियतनाममा कमरेड मार्शल किम जोङ उन सङ्ग हात मिलाउन बाध्य भए । यो सबै हुनको पछाडि कोरियाका महान नेता कमरेड मार्शल किम जोङ उनले निरन्तरतादिदै आएको सोनगुन पोलिसी नै हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।