मेलम्ची बाढी पहिरो : बालकृष्ण दंगाल (कविता )

मेलम्ची बाढी पहिरो : बालकृष्ण दंगाल (कविता )

कपन अनलाइन

काठमाडौँ, श्रावण २३।

सिन्धुपाल्चोक जिल्ला हजुर हेलम्बू गाउँपालीकाको ठाऊँ
बारी पारी दुवै तिर सखाप पा¥यो गाऊँ
२०७८ साल आषाढ महिना १ गते नै थियो
प¥यो पानी खोला बाढी आइरहेकै थियो

मंगलवारको दिन थियो सात बजेको राती
आवाज आयो गड्याङ गुडुङ्ग हेर्न जाउन साथी
कुन ठाउँमा पैरो आई खोला थुन्यो ड्याम्म
थुनिएको खोला फुटी ग¥यो गर्न सम्म

हेलम्बू र चनौटे सबै सखाप पारी
लिम्बु क्यूल मंकाल सबै तान्यो वारी पारी
सननन् आवाज आयो ढुंङ्गा लडे जस्तै
एकै छिन्मै पारी दियो सबै तिर ध्वस्तै

गोहोरे र सेरा बजार फाँटै समेत तान्यो
गाल्थुमका घर पसल उर्लिउर्लि हाँन्यो
पसलका सामानहरु प¥यो कस्को कती
सिलिन्डरनै बगायो रे १० हजार जती

ग्याल्थुमका घर स्कुल अति जोखिम भए
छेउ छाउका घर टहरा खोला भित्र रहे
अती चालू बोडिङ स्कुल चारसय जना थियो
खोला आई कटानले झ्याप्पै पल्टाई दियो

बाढी आई पहिरो बगी भएछ वित्र चित्र
त्यही बेलामा बत्तिको तार रहेछ खोला भित्र
मोबाईल बाली हेरौँ भन्दा लगी सके छ गोठ
गाई भैसि बाख्रा बग्दा साह्रै लाग्यो चोट

खाने पानी अफिस पनि त्यही नजिक थियो
त्यहि बस्ने कामदारको ज्यान कतिको लियो
खोला आइ बगाएर कतीजना गए
भागा भागले कति जना बाँची सफल रहे

बेलुकाको खाना पाक्दा बजेछ साँढे सात
भागा भाग पर्न गयो नपाई खान भात
घर खेत भएजती खोलाले नै झा¥यो
अड्ने बाटो नभएर बसाँई जार्न प¥यो

ताला माराङ् बजार सबै कटानीमा परे
हेर्दा हेर्दै घर पसल खोला तिर झरे
अनन पात कपडा गयो घरै लडाउँदा
साह्रै दुःख भोग्नु प¥यो भएको बगाउँदा

कटानीले वारी पारी घर खेत सबै खायो
हेर्दा हेर्दै किषानीको मनै पर्ने भयो
अलितल आउदो रहेछ धितालको गाँऊ
कती बेला लाने होला अति जोखिम ठाउँ

त्यस्को नजिक पक्कि पुल छैन देखिएको
गुन्सा जाने फुल पनि छैन भेटी एको
इन्द्रावती मेलम्चीको दोभानमा कती
वारीपारी ग¥यो ढुवान आफ्नो कब्जा जति

बुढाबुढी वसेकतीआँसु काडी काडी
कती जना वालवच्चा रुँदै काख छाडी
दुवाचौर मेलम्चीको विच्को बगरमा
धेरै घर ढुवान परे सव्को नजरमा

खोलाबगर समेटेर त्यो घर बसपारक गरे
बस पार्कको वरीपरी घर पसलले भरे
दिने दाता कुन्चै थिए उम्कीएर बसे
पैसावाला धनिमानी सस्तो हेरी फसे

खोला बग्ने ठाउँ सबै त्यो मेरो भनि लडे
खोला ठुलो वाटो सानो दुइटै पुल ढले
इन्द्रावती खोला तर्न दुईटा पुल थियो
हेलम्बुको पहीरो आई पुलै ढाली दियो

पुल ढलि खोला थुन्यो बजार डुवान प¥यो
जाँने वाटो खोज्दा खोज्दै के के ग¥यो
जीवनी कमाई हजुर घर एउटा थियो
त्यै पनि त खोला आई झ्याप्पै पल्टाई दियो

खेती गरौँ खोला लाग्यो खानै कोला कोला
दुई दिने जिन्दगीमा किन यस्तो होला
कहिले पहिरो भोटे कोसी डाँडै सबै झारी
त्यस्ले मान्छे पुरिएर धेरै गए मरि

अनि लाग्यो भुकम्प सत्या नास पारी
फेरी गरे नाका बन्दि गरीव जन्ता मारी
फेरी पहिरो जल्विरेमा धेरै मान्छे मरे
अन्ध धुन्ध पहिरो बग्दा हाहा कार परे

राहात लान भनिकन उढएर चन्दा
राहात भयो ढुल्ढालुलाई पिडितलाई बन्द
राहात आउला भनि हेर पिडितहरु बसे
राहात जती रातै गाउँ गाउँमा पसे

तलदेखी माथीसम्म एउटै दल पुरा
जस्ले जती गरेपनि कस्ले लाउने कुरा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।