आदिकवि भानुभक्त एक बिशिष्ट परिचय : गंगा लिगल

आदिकवि भानुभक्त एक बिशिष्ट परिचय : गंगा लिगल

कपन अनलाइन

काठमाडौँ, श्रावण २३।

नेपाली साहित्यको सबभन्दा पहिलो युग भानुभक्त आचार्य जन्मनु भन्दा अघिको युग हो । भानुभक्त पुर्ब युगमा नेपाल राष्ट्रको जताततै बिस्तार भैरहेको थियो । यस युगको अन्तिमसम्म भक्ती भावना र देवटाहरुको स्तुति पाएर पनि भानुभक्त आचार्य भन्दा अघिको युग नेपाली साहित्यको त्यो थियो । इतिहासले वीर नेपालीलाई आफ्नो शाहासले विशाल र संगठित राष्ट्र बनाउन लगाईएको थियो भने नेपाली भाषाले त्यस साहास साहित्यिकता प्रदान गर्ने तिर प्रेरित गरिरहेको थियो । सुगौली सन्धी आधुनिक नेपालको सुदृढीकरणमा जति महत्वपूर्ण ऐतिहासिक घुम्ती हो उति नै नेपाली साहित्यको इतिहासमा पनि यो बिर्सिनसक्नु बिर्सिनसक्नु बिन्दु हो ।
यसै सालदेखि नै नेपाली साहित्यको, भानुभक्त युगको प्रारम्भ भयो । नेपाली कबिताको क्षेत्रमा भानुभक्तको अत्यन्त ठुलो स्थान छ । यस स्थानको निर्माणमा उनलाई उनको प्रसिद्ध रामायण पद्यत्मक ग्रन्थले नै योग्दान गरेको हो । तापनी हामी उनका ‘बधु शिक्षा, ‘भक्तमाला’, ‘प्रश्नोतरी’ र राम गीता जस्ता स–साना कविताहरुलाई पनि उत्तिकै श्रद्धापूर्वक हेर्छौ । किनभने जुनसुकै रचनामा पनि भानुभक्त आचार्यको कवितात्मक प्रतिभा अबिरल बहिरहेको पाइन्छ ।
साधारण वार्तालापलाई सरल नेपाली भाषामा उच्च कवितात्मक प्रतिभा अबिरल बगिरहेको पसिन्छ । साधारण बार्तालापलाई सरल नेपाली भाषामा उच्च कवितात्मकता दिने कवि भानुभक्त आचार्य नेपाली साहित्यका अद्वितीय उदाहरण हुन ।
भानुभक्त आचार्य पश्चिम नेपालको तनहु जिल्ला भित्र पर्ने चुदी बेसी मास्तिरको रम्घा भन्ने गाउँमा २९ आषाढ १८७१ मा जन्मेका थिए । उनले घरैमा प्रारम्भिक शिक्षा हासिल गरेका थिए । सानैदेखि नै रचनाको अभ्यास गर्ने प्रेरणा उनले बाजे श्रीकृष्ण आचार्यबाट पाएका थिए ।
प्रथम पद्य चाहिँ शिखरिणी छन्दमा बनाएका दश हरफहरु हुन । जसमा आफ्नै जन्म सम्बन्धि बयान गरेको पाइन्छ । १८९८ मा उनले रामायण को ‘बालकाणड’ तयार पारिसकेका थिए । उनको बाबुको मृत्यु पछि उनलाई हिसाब बिगारेको बेला पक्राउ गरेका थिए । नौ महिनासम्म कुमारी चोकको मोली बाद मुनि नजर बन्दमा रहदा उनले रामायणको अयोध्या काण्ड, आरण्य काण्ड, किष्किन्धा काण्ड र सुन्दर काण्डको रचना गरे नजरबन्दबाट मुक्ति पाए पछि युद्धकाण्ड र उत्तरकाण्ड तयार गरेर १९१० तिर सम्पूर्ण अध्यात्म रामायणको सरल, सरस नेपाली पद्यमा अनुवाद गरिसके ।
१९१० मा लेखिएको ‘भक्त माला’ भानुभक्तको एक मात्र मौलिक कृति हो । भानुभक्त आचार्यको अन्तिम कृति ‘राम गीता’ हो । जस्को अनुवाद उनले बिरामी अवस्थामा छोरा रमा नाथलाई लेख्न लगाएर गरेका हुन ।
१९४८ मा मोतिराम भट्टले भानुभक्त आचार्यको जीवन चरित्र लेखेर छ्पाए पछि भानुभक्तका कृति बारे खोजी र विवेचना हुम थालेका हुन् । आफ्नो आदर्श ऐतिहासिक पुरुष खोजेर राष्ट्रिय साहित्य र भाषाको मर्यादित परम्परा देखाउने उद्देष्यले गर्दा नै मोतीराम भट्ट भानुभक्तको फुल बुटाले भरिएको जीवन चरित्र लेख्न पुगेका थिए । आफुले खोजेका कविलाई प्रतिभा सम्पन्न तथा सहज कवि थिए भन्ने पार्न नै उनले त्यस जीवन चरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर श्लोकहरु देखाएका थिए । त्यस मध्य एउटा कविता ।
‘भरजन्म घाँसतिर मन दिई धन कमायो
नाम क्यै रहोस भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन आज यस्तो ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।