सिउँदो पुछिएकि चेली : रञ्जना पराजुली लम्साल (कथा )

सिउँदो पुछिएकि चेली : रञ्जना पराजुली लम्साल (कथा )

कपन अनलाइन

काठमाडौँ, श्रावण २३।

‘लोग्ने टोकुइ, अलच्छिनाइ, कुलङघर्नी मेरो फुल जस्तो छोरो लाई खाइ यस् डङकिनिले ।यसको मुख हेर्दा पनि साइतै बिग्रन्छ । कस्ता कस्ता लाई स्याहार्नु पर्ने । ‘यस्ता शब्दहरू सुन्दा सुन्दा पाकी सकेकि थिइ सरिता । छट्पटी मै रात बित्थ्यो । यता कोल्टे पर्दा र उता कोल्टे पर्दा सिरानी भिज्थ्यो र सङ्ग सङै झिसमिसे हुन्थ्यो ।उज्यालो भए पछि फेरि शुरु हुन्थ्यो उहीँ ताना । सानो गल्तिको ठुलो इशु । सासू र नन्द लाई आगोमा घिउ थप्न केही निउ नचाहिने एउटी नारि भएर नारिले नारि माथि नै गरिने शोषण ।कसरी सहि सरिताले । सहेको पनि छ महिना बितेछ । कि भगवान्लाई थाहा छ कि त उनलाइ मात्र । केवल उनलाइ मात्र । मात्र समय एक्काइसौं शताब्ती तर मान्छे उहीँ अनि विचार उस्तै पुरानो रुढिबादी ।
त्यस घरमा सरिताको मुख हेर्दा साइत नपर्ने कस्तो बिडम्वना । उनले मरि मरि काम गर्दा चाहिँ राम्रो हुने। सानो गल्ती को चाहिँ यति ठुलो सजाय यो कस्तो न्याय हो । सहनुको पनि एउटा सिमा हुन्छ । एकदिन सिमा लाइ नाघेर गोरखापत्रको विज्ञापन सङगै आफ्ना प्रमाणपत्र लिएर कसै लाई
नभनि निस्केकी सरिता बेलुकी घर फर्कदा त घरमा दनदनी आगो बलिसकेछ । उनको कोठाको सामान हरु बाहिर आगन भरि छरपस्ट । घर वरिपरिका छिमेकि हरुको भिड । सरिताको बुवा एउटा कुनामा घोसेमुन्टो लाएर बस्नु भएको । भाउन्न भइ सरिता ।
सरिता लाई देख्नेबित्तिकै भक्कानो छोडेर अंगाल्नु भयो बुवाले । अक्कमक्किदै ठिंग उभिएकि सरिता ले बुवा यसरी भक्कानिएको कहिले देखेकी थिइनन् । उनलाइ अन्माउदा पनि ‘ल ज्वाइँ साहेब मारे पाप, पाले पुन्य, आजदेखि छोरी हजुरलाई सुम्पेको छु ।’ भनी हाँसि–हाँसि बिदाई गर्नुभएकोे थियोे । तर ती सबै बिच बाटोमै सिद्धीएको थियो । ‘बुवा के भयो ? किन यसरी रुनु भएको ? तपाईं यहाँ आउनु हँुदैनथ्यो । किन आउनु भयो ? अनि यी मेरा सामानहरु बाहिर किन छरपस्ट ?’ शृङ्गार बञ्चित एउटी नारी सरिता यस्तै यस्तै प्रश्न गर्दै थिइनँ । मौन थिएँ सबै मौन । सन्नाटा छाएको थियौँ ।
‘हामी यसलाइ एक छिन पनि यो घरमा राख्न सक्दैनौं । लोग्ने टोकि । अब कस कसलाइ टोक्छे । को–कोसँग कहाँ–कहाँ हिड्छे ।
के गर्छे । कसैको डर कर नभाकि । हाम्रो घरको त बदनाम गरेर नै छोड्ने भइ यस डङ्किनिले’ सासू एकतिर भने नन्द अर्कोतिर फतफताउँदै थिए ।
आँखाभरि आँशु पार्दै –‘छोरी तिमी कहाँ गएकी ? कमसेकम घरमा सोधेर त जानुपथ्र्यो । एक बर्षसम्म तिम्रो सेतो पहिरन माइतिले हेर्नु हँुदैन भनेको भएर हामी आएनौ । ज्वाइँ बितेको छ महिना नि पुगेको छैन तिम्रो त कन्तबिजोग भएछ तिम्रो यो हालत कसरी हेरु । हिँड जाउ म तिमीलाई लिएर जान्छु । ‘एकै सासमा सरिताका बुबाले भन्नु भयो ।
‘बुवा एउटा चिन्दै नचिनेको मान्छेको हातको एक धर्को सिन्दुर, एक झुप्पो पोते लाएर जन्मघरबाट अन्मिएर निस्केकि म आदि बाटोमा आउँदा सबै छ्ताछुल्ल भयो । यसमा मेरो के दोष ? मलाइ
पनि मर्न दिनु पथ्र्याे । किन अस्पताल लगेर बचाउनु भयो ? आज यहि दिन हेर्नलाई ।’ आँसु झर्न नखोजेको त होइन सरिताको पनि तर मुटुलाई दरो गाठो बनाएर त्यस दिनको घटना सम्झिन ।
‘होइन छोरि, त्यस्तो नभन । धर्म–संस्कृति, समाजलाई तोड्न सकिएन । तिमी जन्मेको घरको ढोका सधैँ खुल्ला छ हिड जाउ ।’
‘हो बुवा, धर्म–संस्कृति अनि समाजलाई जोगाउँदा एउटी नारी पिल्सिन्छे । आफ्नो जिन्दगीभरि खुशी र इच्छालाई होमेर जसरी म पिल्सिएकि
छु । कर्म घर नै आफ्नो नभए पछि जन्मेको घरबाट अन्मिएर निस्केकी छोरिको जन्म घर सधैँको लागि आफ्नो हुन सक्दैन । केवल सहानुभुती
बाहेक । चिन्ता नलिनु बुवा, हजुरले दिएको शिक्षाको सदुपयोग गर्न नै म एउटा अफिस अन्तर्वाता दिन निस्केकी थिए, जागिर पनि पाइसके । यो घरमा यसरी मेरो अपमान हुन्छ भन्ने सोचेकी पनि थिइनँ । अब छोरी जिउन सक्छे,हजुर घर फर्कनु ।
बरु अगाडि बड्न हौसला दिनु ।’‘छोरि त्यसो नभन’ बुवा केही भन्न खोज्दै हुनुहुन्थ्यो । घर परिवारका सदस्य हरु फतफताउन छोडेका
थिएनन् । तर उनी सुन्न चाहन्नथिन । जागिर पक्का भैसकेकोले रात दिन को कलह भोगेकि सरिता आफुलाई बलियो बनाउन जिन्दगीसँग लड्न तयार थिइन् । सायद, माया पाए कि भए मन पग्लन सक्थ्यो होला । मन त एउटा नटुक्रिने ढुङा भैसकेको थियो । चिन्दै नचिनेको मान्छे को सिन्दुर पखाली सकेको थियौं भने पोते चुडिसकेको थियो । बाँकी पहिरनमा कसैको हस्तक्षेप हुनदिन्न । यहि अठोट लिएर आफ्ना सामानहरु बटुल्न थालिन् । सासू र नन्द एकैचोटि कराउदै थिएँ ‘अहिले नै निस्किहाल आफ्नो सामान बोकेर….।’
‘आमा, हजुर मैले रात नबिताएको श्रिमान को आमा हुनुहुन्छ । आजसम्म यो घर को कदर गर्दै आएकि छु र गर्नेछु यो घरबाट निस्केपछि पनि । म पनि माइति घरबाट रङगिन कपडा मा सजिएर निस्केकी यो घर मा उजाडिएर भित्रिए । तर जाने बेला अपशब्द नबोलि दिनुहोला । हजुर सङग पनि उमेर पुगेकी चेली हुनुहुन्छ ।’
‘छोरी सरिता, समय अनि व्यवहारले तिमीलाई धेरै बलियो बनाइ सकेछ । मलाइ ढुक्क भयो । मेरि छोरी जस्तै परिस्थितिमा पनि लड्न सक्छे । अब कहाँ जाने त ?’ अवाक बुवाको वाक्य फुट्यो ‘चिन्ता नगर्नु बुवा, मेरी कलेज पढ्दाको साथीको घरमा जाने अवश्य साथ दिनेछिन ।’ ठूलो मन भएकी साथीले एउटा कोठा दिइन् । ठूलो सास फेरेकी सरितालाई संसार नै जितेको भान
भयो । बुबाले पनि सम्पूर्ण सामान जुटाइदिनु भयो ।
लामो सलक्क परेको कालो कपाल, पातलो, शरीर, सेतो साडीमा खुलेकी सरितालाइ जो सुकैले अड्कल काट्न सक्थ्यो कि उनी विधवा हुन भनेर । अफिस जाने–आउने क्रम चलिरह्यो । दिन बित्दै गए । लोग्ने मरेको एक वर्ष हुन लाग्दा पनि घरतिरकाले खोज खबर गरेनन् । नियममै बसेकी सरिताले लोग्नेको एक बर्षको काम पुरा गरिन र सिन्दुर, पोते बाहेक सबै पहिरन लगाउन थालिन ।
कहिले काहीँ कस्तो अचम्म भइदिन्छ । संजोग त्यस्तै पर्यो सायद भग्वान्ले नै डो¥याएको होला । सधैँ जस्तै सरिता अफिस जान गाडी चढिन, आफ्नै रफ्तारमा गुडेको गाडीले एक महिलालाई ठक्कर दियो । मान्छे जम्मा भए । गाडीका मान्छेसँग सँगै सरिता पनि ओर्लेर घाइते महिला छेउ पुगिन घाइते त सरिताकै सासू पो रहिछन् । सबैको सहायताले अस्पताल पुर्याइन । रगत धेरै गएकोले डक्टरले रगतको आवश्यक्ता परेको बताए । बिरामीको भाग्य बलियो हो या गहिरो नाताले तानेको हो सरिताको रगत मिल्यो । आफन्तीहरुलाई खबर पठाएकोले सबै जम्मा भैसकेका थिए । उपचार पछि बिरामीको होस आयो । सबै कुरा थाहा पाए पछि छेउमा बसेकी सरितालाई बोलाइन ।
‘आमा, कस्तो छ अहिले हजुरलाई’ सोधिन सरिताले । ‘मलाइ माफ गर छोरी ‘आखाभरि आँशु पार्दै, तिमी जस्ती माहान चेली लाई मैले चिन्न सकिन, तिमी अब हामी सङ्गै बस्नु पर्छ ।’
‘होइन आमा, म जहाँ छु ठिक छु ।’
त्यहीबेला उनको अफिसमा सँगै काम गर्ने सर आइपुग्नु भयो । आफूभन्दा ठूलो पद्को सरलाई देखेर छक्क परिन् ‘सर, हजुर यहाँ ।’
‘सरिता जि, तपाईंलाई थाहा छैन म बिरामिको नातेदार पर्छु । तपाईंले घरतिरका सबैलाई चिन्ने मौका पाउनु भएन । तपाईंको शैक्षिक योग्यता अनि शुशिलताले मैले नै तपाईंलाई नियुक्ति गरेको थिए । जे हुनु भयो भबितव्य कसलाइ पर्दैन र ? म तपाईंलाई असाध्य मन पराउछु र इज्जतका साथ तपाईंको हात मागेर पुछिएको सिउदो फेरि रङ्गाउन चाहन्छु ।’ अलमलिएकि सरितालाई त्यस हस्पिटलबाट भागुजस्तो भएको थियो टुप्लुक्क बुबा आइ पुग्नुभयो । अस्पताल भित्रै एउटा रमाइलो माहोल बन्यो । सबैको सल्लाह र सुझावले बिहेको कुरा छिनियो । एउटी चेली सरिता, श्रीमानको माया ममता त के अनुहारसम्म राम्रो नचिनेकी उनी माथी यति ठूलो बज्रपात प¥यो । आफुलाइ परेर होला जुन महिलाले श्रीमानको माया के हो बाल बच्चा के हो बुझ्न नपाउँदै सिउँदो पुछिन्छ भने उनको फेरि सिउँदो भरिनु पर्छ यस्तो धारणा बोकेकी त थिइन तर आवाज निकाल्ने साहस थिएन तर भग्वानले नै जुराइ दियो । सासुलाई सन्चो भएर घर लगेपछी तिनै सासुले धुमधामसँग बिहे गरि आफ्नै हातले कन्यादान दिएर एउटी सिउँदो पुछिएकी चेलिको सिउदो भरेर नयाँ जीवन जिउने बाटो खोलिदिइन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।