शंखरापुरको निर्माणाधीन प्रशासकीय भवनको नगर प्रमुख सहितको टोलि द्वारा अनुगमन

शंखरापुरको निर्माणाधीन प्रशासकीय भवनको नगर प्रमुख सहितको टोलि द्वारा अनुगमन

कपन अनलाइन

काठमाडौं, श्रावण २३। शंखरापुर नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको नगर प्रमुख सहितको टोलि द्वारा अनुगमन गरिएको छ। शंखरापुर नगरपालिका वडा नं ६ नारायणचोक (पुखुलाक्षीमा) करिब  १२ करोड ४९ लाख ५ हजार ६ सय ७५  रुपैया ८९ पैसाको कुल लागतमा बन्न लागेको साँढे तिन तलाको सुबिधा सम्पन्न भवनको नगर प्रमुख  सुवर्ण श्रेष्ठ , उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ सहित कर्मचारीहरुले निरीक्षण गरेका हुन।

करिब ४ रोपनी क्षेत्रफलमा साँढे तीन तलाको पार्किंग सहितको नेवारी कलात्मक सम्पदा युक्त  सुबिधा सम्पन्न भवन निर्माण पश्चात सेवा ग्राहीलाइ सेवा प्रदान गर्न थप सहज हुने  नगर प्रमुख श्रेष्ठको बिश्वास  रहेको छ ।उनले भवन निर्माण कार्यलाई गुणस्तरीय बनाउन नगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने बताउदै सोहि अनुरुप समय समयमा अनुगमन गरिदै आएको जानकारी गराएका छन ।उनले स्थानीयलाइ पनि भवन निर्माण कार्यको अनुगमन र खबरदारी गर्न अनुरोध गरेका छन  । कुल१२ करोड ४९ लाख ५ हजार ६ सय ७५  ८९ पैसाको लागतमा बन्न लागेको सो भवन निर्माणमा जिल्ला समन्वय समिति काठमाडौंको ७ करोड ४९ लाख ४६ हजार ४ सय ४ रुपैया सहयोग  रहेको छ भने बाँकी शंखरापुर  नगरपालिकाले  ४ करोड ९९ सय ६२, हजार २ सय ७०, ९८ पैसा बेहोर्ने गरि  आरोग्य सुवेदी जेभी भजी मण्डल ललितपुर संग सम्झौता भएको  छ।

तपाइँको प्रतिक्रिया ।