बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ को वडा कार्यलय भवन शिलान्यास

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ को वडा कार्यलय भवन शिलान्यास

कपन अनलाइन

काठमाडौँ, श्रावण २०। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ को वडा कार्यलय आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । चपली घुम्तीमा करिब २ करोड २ लाख ३ हजार २ सय ८७ रुपैया १४ पैसाको लागतमा निर्माण हुन लागेको तीन तलको  सो वडा भवनको आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख शिवसुन्दर राज  बैद्य उप प्रमुख सरीता दहाल बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब प्रसाद खरेल उप प्रमुख  रमादेवी राइ , वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले संयुक्त रुपमा भुमिपुजन सहित भवनको शिलान्यास गरेका हुन।

करिब २ करोड २ लाख ३ हजार २ सय  ८७ रुपैया १४ पैसाको लागतमा निर्माण हुन लागेको सो भवन निर्माणमा जिल्ला समन्वय काठमाडौंको मौजात कोषमा रहेको रकम बाट बुढानिलकण्ठ नगरपालिका संगको लागत साझेदारीमा निर्माण हुन लागेको हो ।जसमा  नगरपालिकाको तर्फ बाट ४० प्रतिशत र जिल्ला समन्वय समितिको कोष बाट ६० प्रतिशत कुल लाग्ने लागत रकमको खर्च दुइ वटा संस्थाहरुले बेहोर्ने गरि  लागत साझेदारीमा निर्माण गर्न लागेको हो।   नागार्जुन शर्वसक्ती जे.भी ले निर्माण गर्न लागेको सो भवन २०७८ साल माघ १५ गते भित्र सम्पन्न गर्ने  लक्ष्य रहेको जानकारी गराइएको थियो ।

कोरोना महामारीको कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि संक्षिप्त रुपमा आयोजित उक्त शिलान्यास कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव सुन्दर राज बैद्य, उप प्रमुख सरिता दहाल  जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारी   बुढानिलकण्ठ नगरपालिका प्रमुख  उद्दब खरेल उप प्रमुख रमादेबी राइ जिल्ला समन्वय समिति काठमाडौं कि सदस्य सावित्री भट्टराइ , नगर प्रवक्ता  नवराज भट्टराई लगायत जनप्रतिनिधि कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो।  कार्यक्रमको  अध्यक्षता बुढानिलकण्ठ नगरपालिका  वडा नं २ का वडा अध्यक्ष  राजेन्द्र खडका ले गरेका थिए भने कार्यक्रम संचालन  वडा नं २ का वडा सदस्य राजेन्द्र श्रेष्ठले गरेका थिए ।कार्यक्रममा वडा नं २ कि वडा सदस्य ज्ञानु कार्की  थापाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेकी थिइन ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले ६ वटा गाउ विकास समिति मिलेर बनेको बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको जानकारी गराएका  थिए  ।उनले ४ वर्ष सम्म आइपुग्दा  वडा कार्यलयहरु पनि क्रमश बनाउदै गएको जानकारी गराएका थिए ।तत्कालिन चपली गाउ पंचायत भए पछि स्थानीयहरुले  श्रमदान गरि कच्ची भवन निर्माण गरेको स्मरण गर्दै  त्यतिबेला सो भवन निर्माणको लागि सहयोग गर्ने हरुलाई समेत स्मरण गरेका थिए।   उनले २०५१ सालमा आफ्नो गाउ आफै बनाऊ भनेर ३ लाख रुपैया प्राप्त भए पछि २ लाख रुपैयाको बजेट योजना बाट तत्कालिन अवस्था आफु स्वयं अध्यक्ष भएर तीन वटा कोठा सहितको भवन निर्माण गरेको स्मरण गरेका थिए । उनले आधुनिक सुबिधा समपन्न वडा भवन निर्माण पश्चात  सेवा ग्राहीलाइ सेवा प्रदान गर्न थप सहज हुने बिश्वास ब्यक्त गरेका थिए। ।उनले भवन निर्माण कार्यलाई गुणस्तरीय बनाउन नगरपालिका वडाका जनप्रतिनिधिहरुले  नियमित रुपमा अनुगमन गर्ने बताउदै  सो भवन निर्माण कार्यको स्थानीयले पनि आफ्नो सम्पत्ति ठानेर निरन्तर अनुगमन र खबरदारी गर्न अनुरोध गरेका थिए ।उनले नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नगरपालिकाआफ्नो सिमित स्रोत र साधनले भ्याए जति कामहरु अगाडी बढाईरहेको जानकारी दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव सुन्दर राज बैद्यले जिल्ला समन्वय समितिको मौजात कोषमा रहेको रकम बाट  लागत साझेदारीमा  काठमाडौंका सबै नगरपालिकाको प्रशासकीय भवन र वडा कार्यालय भवन  निर्माणमा सहयोग गर्दै आएको बताएका थिए । बुढानिलकण्ठ नगरपालिकाले प्रशासकीय भवन बनाईसकेको हुँदा वडा भवन निर्माणमा सहयोग गरेको जानकारी गराएका थिए ।

उनले कोभिडको महामारीमा पनि समन्वय समितिले सहयोग निरन्तर रुपमा गरिरहेको जानकारी गराए। उनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न निर्माण व्यवसायीलाइ अनुरोध गर्दै समयमा नै गुणस्तरीय काम गर्न अनुरोध गरेका थिए ।कार्यक्रममा जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारी  लगायतले शुभकामना मन्तब्य राखेका थिए । अध्यक्षताको आसन बाट बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खडकाले धन्यवाद ज्ञापन  गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।