भावना ठकुरी र मञ्जु पुन लम्सालको तीज गीत माईती घर सार्वजनिक

भावना ठकुरी र मञ्जु पुन लम्सालको तीज गीत माईती  घर सार्वजनिक

कपन अनलाइन

काठमाडौँ, श्रावण २० । तीज नजिकिदै गर्दा अचेल दैनिक थुप्रै तीज गीत सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायिका भावना ठकुरी र मञ्जु पुन लम्सालको  तीज गीत माईति घर सार्वजनिक गरिएको छ । ‘तीज आउँदा माईति घर सम्झी सम्झी रुनु छ, आँशु पुछी मै दुःखीले खुसी दिनु छ’ बोलको तीज गीतको म्युजिक भिडियो समेत  सार्वजनिक गरिएको छ ।

भावना ठकुरीको शब्द रहेको उक्त  गीतमा सम्झना भण्डारी, सुवाश शर्मा, दीपक खड्काको स्वर रहेको छ । सुवाश शर्माको संगीत, सुनिल परियार एरेञ्ज रहेको गीतमा  कुमार रानाको मिक्सिङ रहेको छ  । दुर्गा पौडेलले निर्देशनमा बनेको भिडियोमा  दपक खड्का, उमा ठकुरीको मुख्य अभिनय देख्न सकिन्छ भने सुवास शर्मा, नविना ठकुरी, गीता रिजाल सापकोटा,  ज्योति खरेल, पञ्चु गोले, सुनिता थापा, मञ्जु शाह,  तारा देवि फूयाँल, मञ्जु पुन लम्साल, आरपी लामा, लिला शर्मा लगायतको  अभिनय देख्न सकिन्छ ।

माधव श्रेष्ठको  कोरियोग्राफ  रहेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको  हो भने गीतको छायांकन गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित ओसिस पार्टी प्यालेसमा गरिएको छ   ।

 

तपाइँको प्रतिक्रिया ।