काठमाण्डौ-९ तिलगङ्गाको प्यारागन पब्लिक स्कूलमा शिक्षकहरुको धर्ना

काठमाण्डौ-९ तिलगङ्गाको प्यारागन पब्लिक स्कूलमा शिक्षकहरुको  धर्ना

कपन अनलाइन

काठमाडौँ, श्रावण २० ।

आज बिहान सवा नौ बजेदेखि काठमाण्डौ महानगरपालिका वडा नं  ९ तिलगङ्गास्थित प्यारागन पब्लिक स्कूल ( Paragon Public School) मा शिक्षकहरुले  धर्ना दिएका छन  ।

१५ महिनादेखि पारिश्रमिक नपाएको तथा महामारी वीचमा छानिछानी शिक्षकलाई निश्कासन गरेको भन्दै शिक्षक  बिजय शाहको नेतृत्वमा २० जना स्कूल गेटअगाडि हातमा पम्प्लेट र नेपालको झण्डा बोकेर नारा लगाएका थिए ।

कोरोना महामारीमा शिक्षकहरु पिडामा परेको बेलामा सो विद्यालयले उल्टै जागिर बाट निकालेकोमा आक्रोस व्यक्त गर्दै उनीहरुले आफ्नो माग सुनुवाई नभए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

तपाइँको प्रतिक्रिया ।