शिवपुरीको तारेभिर क्षेत्रमा लायन्स क्लब अफ काठमाडौं डाँफे र समुन्नत जालपादेबी युवा क्लबको बिरुवा संरक्षण

शिवपुरीको तारेभिर क्षेत्रमा लायन्स क्लब अफ काठमाडौं डाँफे र समुन्नत जालपादेबी युवा क्लबको बिरुवा संरक्षण

कपन अनलाइन

काठमाडौँ, श्रावण २० । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको  लायन्स क्लब अफ काठमाण्डौं डाँफे द्वारा   समुन्नत जालपा देवी यूवा क्लब संगको सहकार्यमा  मंगलबार बिरुवा हेरचाह कार्यक्रम  सम्पन्न गरेको छ  । २०७८ साल श्रावण २ गते गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरका पहिरो जोखिम स्थानमा  रोपिएको  बिरुवाहरुलाई पशु चौपायाहरुबाट संरक्षण गरि हुर्काउने उद्दश्यको साथ आयोजित कार्यक्रममा रोपिएका  बिरुवाहरुलाई तार जालिले घेरी सुरक्षीत गर्नुको साथै  उक्त बिरुवालाइ गोडमेल मलजल  समेत गरिएको हो  ।

हरियाली प्रवर्धन तथा पहिरो रोकथामका लागि  लायन्स क्लब अफ काठमाडौं डाँफेले बार्षिक रुपमा वृक्षारोपण कार्य गर्दै आएको छ  र यस पटक  जालपादेबी युवा क्लब संगको सहकार्यमा उक्त क्षेत्रमा  करिब १२० वटा बिभिन्न प्रजातिका बिरुवा  वृक्षारोपण गरेको थियो । रोपिएका बिरुवा संरक्षण हेतु तार जाली राखिएको लायन्स क्लब अफ काठमाडौं डाँफेका अध्यक्ष बच्चुराम शर्मा कुइकेलले जानकारी गराए ।उक्त कार्यक्रममा  आयोजक संस्थाका पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।