आज पांच प्रदेसका केहि जिल्लामा वर्षा हुने

आज पांच प्रदेसका केहि जिल्लामा वर्षा हुने

कपन अनलाइन

ओखलढुंगा,साउन २०।

आज (बुधबार) पनि देशका अधिकांश स्थानमा बर्षाको सम्भावना रहेको जनाइएको छ ।

आज बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश २, वागमती प्रदेश, गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया ।