काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने  भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप लगाउने कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन  ।उनले दोस्रो मात्रा खोप लगाउने व्यक्तिहरुले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र जानुपर्ने बताएका छन  ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसारअत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगञ्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ । त्यस्तै  वैदेशिक रोजगार, उपचार, अध्ययन वा अन्य कार्यका लागि जाने व्यक्तिहरुले अनिवार्य रुपमा vaccine.mohp.gov.np मा नाम र विवरण भरेर आएपछि मात्र सेना र प्रहरी अस्पतालमा खोप लगाउन पाउने समेत प्रमुख खड्काले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।